सेयरबजारमा आइतबार गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार परिसूचक नेप्से १८८५.६० विन्दुमा झरेको छ।
आज २९ वटा कम्पनीको सेयर मूल्य बढे पनि १८८ वटाको घटेको र २ वटाको उही मूल्यमा कारोबार भएको छ।
साताको पहिलो कारोबार दिन २७ लाख कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा ३१ हजार पटक कारोबार हुँदा ८२ करोड ८५ लाखको सेयर किनबेच भएको हो।
आज सनराइज ब्लुचिप, आदर्श लघुवित्त, कालिञ्चोक दर्शनको सेयर १० प्रतिशत हाराहारीले बढेको छ।
गुमाउने लगानीकर्ताले पनि आज १० प्रतिशतसम्म गुमाएका छन्। आज मोलुङ हाइड्रोको ३ करोड ११ लाखको सेयर कारोबार भएको छ।
15
Shares
प्रतिक्रिया