ad ad

मधेस


आयोगले स्पष्टीकरण सोधेपछि मधेशका मुख्यमन्त्री भन्छन् : विज्ञप्तिमा सत्यता छैन

आयोगले स्पष्टीकरण सोधेपछि मधेशका मुख्यमन्त्री भन्छन् : विज्ञप्तिमा सत्यता छैन

नेपालखबर
बैशाख १०, २०८० आइतबार १५:४६, जनकपुरधाम

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निर्वाचन आयोगको विज्ञप्तिमा कुनै सत्यता नरहेको दाबी गरेका छन्। 

आयोगले स्पष्टीकरण सोधेको केही घण्टामै एक विज्ञप्ति निकाल्दै मुख्यमन्त्री यादवले यस्तो दाबी गरेका हुन्। 

उनले विज्ञप्तिमा लेखेका छन्, ‘निर्वाचन आयोगको विज्ञप्तिमा उल्लेख भएको विषयमा कुनै सत्यता नभएको व्यहोरा बारा क्षेत्र नम्बर–२ का जनतालाई अवगत गराउन चाहन्छु। यस्तो प्रकारको विज्ञप्तिबाट मतदातालाई भ्रममा नपर्न र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तवरवाट सम्पन्न गर्न सम्पूर्ण मतदातालाई निर्भयताका साथ मतदान स्थलमा मतदान गर्न आग्रह गर्न चाहन्छु।’

मुख्यमन्त्री यादवले उपनिर्वाचनलाई निष्पक्ष, भयरहित तवरवाट सम्पन्न गराउन प्रतिवद्धता दिएकोमा सो प्रतिवद्धतामा रतिभर आँच नआउने गरि प्रदेश सरकारको तर्फबाट निर्वाचन आयोगलाई विश्वस्त गराउन चाहेको दाबी गरेका छन्। 

उनले निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लंघन कुनै पनि राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायले गर्न नहुने भन्दै आफू निर्वाचन निष्पक्ष हुनेमा विश्वस्त रहेको बताएका छन्।

मुख्यमन्त्री यादव बारामा चुनाव प्रचारमा ब्यस्त रहेको समाचार बाहिरिएपछि आयोगले स्पष्टीकरण सोधेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .