ad ad

कारोबार


पूर्वअर्थमन्त्रीहरूले दिए खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजना नथप्न सुझाव

पूर्वअर्थमन्त्रीहरूले दिए खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजना नथप्न सुझाव

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १७:५५, काठमाडौँ

आगामी आर्थिक वर्षको बजेट तयारीका लागि पूर्वअर्थ मन्त्रीहरुसँग अर्थमन्त्रीको छलफल 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरुसँग छलफल गरेका छन्। 

सो क्रममा पूर्वअर्थमन्त्रीहरुले व्यावहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजनाहरु थप नगर्न सुझावहरु दिएको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ। 

छलफलमा पूर्वअर्थमन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशचन्द्र लोहनी, डा. युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी थिए।

छलफलका क्रममा अर्थमन्त्री डा. महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न आफू प्रयासरत रहेको र यसका लागि सबैबाट सहयोग मिल्ने आशा व्यक्त गरे। 

उनले पूर्वानुमानको तुलनामा धेरै कम राजस्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकताप्राप्त आयोजनाहरुलाई मात्र बजेट छुट्याउने र निजी क्षेत्रको आत्मविश्वास बढाउन आफू लागिपरेको जानकारी गराए।

साथै उनले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र ताेकिएकाे समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने बताए।

अर्थमन्त्री महतले अन्य पूर्वअर्थमन्त्रीहरुबाट समेत निरन्तर सुझाव प्राप्त हुने आशा व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .