जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। आगामी वैशाख २७ गते बुधबारका लागि कार्यकारिणी समितिको बैठक बोलाइएको जसपा प्रचार विभाग विभागले जनाएको छ।
विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका समसामयिक विषयमा निर्णय गर्न बैठक बोलाइएको जनाइएको छ।
पार्टी केन्द्रीय कार्यालयमा बुधबार बिहान ११ बजेबाट बैठक सुरु हुने बताइएको छ।
33
Shares
प्रतिक्रिया