ad ad

कारोबार


राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न सक्दैन : गभर्नर अधिकारी

राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न सक्दैन : गभर्नर अधिकारी

नेपालखबर
बैशाख २४, २०८० आइतबार २०:६, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका छन्।

आइतबार काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन–२३ मा बोल्र्दै गभर्नर अधिकारीले राष्ट्र बैंकप्रति निकै धेरै अपेक्षा बढेको भन्दै क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका हुन्। 

उनले अन्य क्षेत्रबाट कुनै सहारा नपाएकाले राष्ट्र बैंकसँग सरकार र निजी क्षेत्रको समेत धेरै अपेक्षा गरिएको बताए।

‘बारम्बार राष्ट्र बैंकको नीतिका विषयमा प्रश्नहरु आउने गर्छन्। राष्ट्र बैंकले लिने नीतिहरु धेरै गहन छलफलका आधारमा लिने नीतिहरु हुन्,’ उनले भने, ‘राष्ट्र बैंकले कयौं स्टेक होल्डलरहरुसँग छलफल गरिरहेका हुन्छौं। छलफल गर्नुहुन्छ निर्णय आफैँ गर्नुहुन्छ भन्ने आरोप लाग्ने गरेको छ।’ 

उनले मौद्रिक नीतिका आफ्नै सीमा रहेको भन्दै राष्ट्र बैंक सीमा भन्दा बाहिर गएर मौद्रिक नीतिले केही गर्नसक्ने अवस्था नभएको पनि बताए।

गभर्नर अधिकारीले राष्ट्रले आफ्नो सीमाभन्दा बाहिर गएर केही काम गर्न खोज्यो भने समग्र वित्तीय प्रणाली संकटमा पर्नसक्ने उल्लेख गरे। राष्ट्र् बैंकले व्यवसायी स्वार्थका विषय कसैको केही कुरा नसुनेको बताए। 

‘सैद्धान्तिक र व्यवहारिक रुपमा गर्नुपर्ने काम गरेको छ वा छैन त्यो महत्वपूर्ण हो। राष्ट्र बैंक प्रतिको आशा अत्यन्तै बढेर गएको छ,’ उनले भने, ‘यसलाई मैले कसरी लिन्छु भने कुनै एउटा तलाउमा पानी माथि तैरिएका कमिलाहरुले कुनै सहारा पाएनन्। एउटा पात भेटाए। कमिलाहरू त्यही पातमाथि चढ्दै जान्छन्। अहिले राष्ट्र बैंकलाई सबैले त्यही पात देख्नुभएको छ। हामी खुसी छौं।’

मौद्रिक नीतिका सम्बन्धमा वित्तीय प्रणालीका हीतमा आएका सबै सुझाव अनुसार नीतिगत निर्णय गर्ने पनि उनले बताए। 

गभर्नर अधिकारीले आफ्ना स्वार्थका विषय सम्बोधन नहुँदैमा राष्ट्र बैंकले कसैको कुरा सुनेन भन्न नमिल्ने बताए।

‘हामी त्यसलाई पातमा राखेर तलाउको किनारमा लैजान सक्यौं। तपाईहरुले त्यो पनि सोच्नुपर्छ त्यो पातमा बढी भन्दा बढी कमिला बस्यो भने त्यो तलाउको किनारसम्म पुग्न सकिँदैन,’ उनले भने, ‘त्यो त्यहीँ डुब्न सक्छ। राष्ट्र बैंकले कति भार सहने मौद्रिक नीतिका आफ्ना सीमाहरु छन्। त्यो सीमासम्म राष्ट्र बैंकले पायौं भने सहन सक्छ। होइन भने त्यो सम्भव छैन।’ 

गभर्नर अधिकारीले नेपालका वित्तीय क्षेत्र निकै सुरक्षित भएकोका कयौं विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिरहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .