ad ad

कारोबार


प्रिबजेट छलफल जारी रहने, आज अर्थमन्त्रीले प्रतिनिधिसभामा जवाफ दिने

प्रिबजेट छलफल जारी रहने, आज अर्थमन्त्रीले प्रतिनिधिसभामा जवाफ दिने

फाइल तस्बिर


नेपालखबर
बैशाख २७, २०८० बुधबार ९:१४, काठमाडौँ

संसद्‌मा बजेटका सिद्धान्त र प्राथमिकता (प्रिबजेट) बारेको छलफल आज (बुधबार) पनि जारी रहने भएको छ। त्यसका लागि आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक बस्दै छ। 

अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा संसद्‌मा प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे यही वैशाख २५ देखि छलफल जारी छ। 

यस क्रममा मंगलबार राष्ट्रिय सभामा सांसदहरूले उठाएका सवालमा जवाफ दिएका अर्थमन्त्री महतले आज प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ। सांसदहरूले धारणा राख्ने क्रम सकिएपछि अर्थमन्त्री महतले जवाफ दिनेछन्। 

कर प्रस्तावबाहेकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव अर्थमन्त्री महतले संसद्‌मा पेस गरेका हुन्। 

आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ। बजेटपूर्वको छलफल आजै सक्ने तयारी सरकारले गरेको छ। 

यस्तो छ आजको कार्यसूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .