ad ad

कारोबार


बैंकदर घट्दा सेयर बजारमा यसरी पर्न सक्छ सकारात्मक प्रभाव

बैंकदर घट्दा सेयर बजारमा यसरी पर्न सक्छ सकारात्मक प्रभाव

फाइल तस्बिर


नेपालखबर
बैशाख २९, २०८० शुक्रबार १३:२६, काठमाडौँ

लामो समयदेखि सेयरबजार मैत्री मौद्रिक नीतिको आशा गर्दै आएका सेयर लगानीकर्ताहरुलाई यस पटक पनि मौद्रिक नीतिले प्रत्यक्ष रुपमा समटेको छैन। 

सेयर धितो कर्जा र १२ करोडको सीमालाई नछोएपनि बैंक दर घटाउँदा अप्रत्यक्ष रुपमा फाइदा भने सेयरबजारलाई पनि पुग्ने भएको छ। 

राष्ट्रबैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमासको मौद्रिक नीतिमा ८.५ प्रतिशत रहेको बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाई ७.५ प्रतिशतमा राख्ने निर्णय गरेको छ। 

यसले निक्षेपको ब्याजदर घटाउन प्रोत्साहित गर्छ। यसले अप्रत्यक्ष रुपमा सेयरबजारलाई पनि सकारत्मक प्रभाव पार्न सक्छ। 

निक्षेप ब्याजदर र सेयरबजारको विपरीत सम्बन्ध हुने गर्छ। निक्षेपको ब्याजदर बढ्दा सेयरबजार घट्ने र निक्षेपको ब्याजदर घट्दा बजार बढ्ने अपेक्षा गरिन्छ। 

त्यहीअनुसार निक्षेपको ब्याजदर घट्दा सेयरबजारमा लगानी बढ्न सक्ने सम्भावाना रहन्छ। 

बैंक दरका कारण निक्षेपको मात्रै नभएर कर्जाको ब्याजदर घट्ने भएकै कारण लामो समयदेखि उच्च ब्याजकै कारण ऋणलिएर लगानी गर्न नसकेका लगानीकर्ता लगानीकालागि सक्रिय हुनसक्ने देखिन्छ। 

यता सिडी रेसियोका कारण बैंकले ऋण दिन नमानि रहेको अवस्थामा सिडि रेसियोमा राष्ट्र बैंकले लचिलो नीति अपनाउदा ऋण प्रवाहमा सहजता आउने देखिन्छ। 

मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुबाट जारी भएका ऋणपत्रहरुलाई कर्जा–निक्षेप अनुपात गणना गर्ने प्रयोजनको लागि स्रोत (निक्षेप) को रुपमा समेत गणना गर्न पाउने विद्यमान व्यवस्थालाई २०८० पुस मसान्तसम्मको लागि निरन्तरता दिइएको छ। 

यसले सिडी रेसियोको कारण ऋण कर्जामा कडाई गरेका बैंकहरुले ऋण प्रवाहलाई खुकुलो बनाउने छन्। यसले पनि ऋण लिएर लगानीगर्ने लगानीकर्ताका लागि थप सहज बनाउने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .