ad ad

कला


साथीको निधनपछि विपश्यना पूरा नगरी फर्किए आमिर खान

साथीको निधनपछि विपश्यना पूरा नगरी फर्किए आमिर खान

फाइल तस्बिर


नेपालखबर
बैशाख २९, २०८० शुक्रबार १३:४४, काठमाडौँ

चर्चित बलिउड अभिनेता आमिर खान शुक्रबार मुम्बई फर्किएका छन्। 

दश दिन लामो विपश्यनाका लागि काठमाडौं आएका उनी बीचमै छोडेर इन्डिगो एयरलाइन्सको जहाजमार्फत भारत फर्किएका हुन्। 

विपश्यना मेडिटेसन बूढानीलकण्ठका अनुसार साथीको निधन भएका कारण उनी बीचमै ध्यान छाडेर फर्किएका हुन्। 

ध्यान केन्द्रका अनुसार आइतबार नेपाल आएका आमिरको विपश्यना मेडिटेसन आगामी मे १८ तारिखमा सकिने तालिका थियो। तर साथीको निधनको खबर आएसँगै उनी बीचमै ध्यान छाडेर फर्किएका हुन्।

आमिर विपश्यनाका लागि आइतबार नेपाल आएका थिए । उनी १० दिनको ध्यानका लागि नेपाल आएका थिए।

तर यसलाई बीचमा नै छोडेर उनी भारत फर्किएका छन्। उनी भारत फर्किसकेको पुष्टि त्रिभुवन विमानस्थल सुरक्षा सूत्रले पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .