३५० जना नेपालीले निशुल्क हङकङ जाने हवाइ टिकट पाउने भएका छन्। हङकङको पर्यटन पवर्द्धन गर्ने उद्देश्यले क्याथे प्यासेफिकमा आउजाउका लागि हङकङले निशुल्क टिकट दिने भएको हो।
२२ मे बाट शुरु हुने ‘वर्ल्ड अफ विनर्स’ क्याम्पेन अन्तरर्गत इकोनोमी क्लासको टिकट पाउने छन्।
‘हेल्लो हङकङ’ क्याम्पेनमा सहभागी हुनका लागि क्याथे मेम्बर हुन वेवसाइट मार्फत दर्ता गर्नुपर्ने छ। त्यसमध्येबाट भाग्यमानी ३४० नेपाली हङकङ घुम्नका लागि जान पाउने छन्। मे २८ मा अभियान सकिने छ।
हङकङ पर्यटन बोर्डको सहकार्यमा सुरु हुन लागेको अभियानमा नेपाल सहित भारत, बंगलादेश, युएईका यात्रुहरुलाई हङकङ घुम्न निशुल्क टिकट दिने छ। ४ देशका ५ हजार ५९० जनालाई टिकट उपलब्ध हुने जानकारी दिएको छ।
अभियानमा दर्ता भएका मध्येलाई भाग्यशालीलाई जुन ७ तारिखमा टिकट घोषणा गर्ने छ। निशुल्क टिकट पाउनेले जुन ७ बाट २०२४ को मार्च ६ भित्र उपयोग गरिसक्नु पर्ने छ।
Shares
प्रतिक्रिया