चालू आर्थिक वर्षमा सबैभन्दा धेरै आर्थिक वृद्धि गण्डकी प्रदेशको हुने भएको छ। गण्डकी प्रदेशको आर्थिक वृद्धि ३.३ प्रतिशतका हुने राष्ट्रिय तथ्याङ कार्यालयले जारी गरेको लेखा विवरणले देखाएको छ।
सबैभन्दा कम बागमती प्रदेशको हुने छ। उक्त प्रदेशको १.४ प्रतिशतको आर्थिक वृद्धि रहने अनुमान छ।
गत आर्थिक वर्षमा भने सबैभन्दा धेरै गण्डकी प्रदेशको ६.३५ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशको ४.६ प्रतिशत रहेको थियो।
यो वर्ष मधेश प्रदेशको १.७ प्रतिशत, लुम्बिनी प्रदेशको २.१ प्रतिशत, कर्णाली प्रदेशको १.९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १.८ प्रतिशत रहने अनुमान तथ्यांक कार्यालयले गरेको छ।
24
Shares
प्रतिक्रिया