ad ad

राजनीति


कांग्रेसको तेस्रो पुस्ताले भन्यो- सुकिला मुकिलाले पार्टी कब्जा गरे, चरित्र र चेहरा परिवर्तन गरौं

कांग्रेसको तेस्रो पुस्ताले भन्यो- सुकिला मुकिलाले पार्टी कब्जा गरे, चरित्र र चेहरा परिवर्तन गरौं

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा मंगलबार आयोजित पत्रकार सम्मेलन। तस्बिर : केशव साउद


नेपालखबर
जेठ २, २०८० मंगलबार १७:४, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसको तेस्रो पुस्ताले पार्टीलाई ‘सुकिला मुकिलाहरूले कब्जा’ गर्न खोजेको भन्दै ‘कांग्रेस रुपान्तरण’को अभियान घोषणा गरेको छ। राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा मंगलबार एक पत्रकार सम्मेलन आयोजना गर्दै तेस्रो पुस्ताका नेताहरूले अभियान घोषणा गरेका हुन्। 

साथै, चाल, चरित्र र चेहरालाई परिवर्तन नगरी कांग्रेस रुपान्तरणको सम्भावना नभएको पनि जारी विज्ञप्तिमा भनिएको छ।

केन्द्रीय सदस्य मधु आचार्यसँगै युवा नेताहरु गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही, रञ्जित कर्ण, सुवास पोखरेल, विनोद कायस्थलगायतका नेताहरुले लिखित दस्तावेज तयार पार्दै रुपान्तरण आवश्यक रहेको बताएका छन्। 

‘नेपाली कांग्रेसको छचाल, चरित्र र चेहरा’लाई परिवर्तन नगरी जमुवा पोखरी भै भएको कांग्रेस रुपान्तरणको संम्भावना छैन।’ विज्ञप्तिमा भनिएको छ।

कांग्रेस नेता विपी कोइरालाले भने अनुसार पार्टीमा सुकिला मुकिलाले कब्जा गर्ने तितो यथार्थ रहेको अभियानका नेताहरूले विज्ञप्तिमार्फत बताएका छन्। 

‘कांग्रेस रुपान्तरणको ध्येय नेपाली समाजको रुपान्तरण र आधुनीकिकरण हुनेछ। नेपाली समाजलाई रुपान्तरण गर्न सर्वप्रथम कांग्रेस रुपान्तरणको अभियान चलाउन आवश्यक देखीएर नै हामी युवाहरु राष्ट्रिय अभियानमा जुटेका छौं,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसका मुर्धन्य नेता वीपी कोइरलाले भने झैं “पार्टी सत्तामा गए पछि पार्टीलाई सुकिला मुकिलाहरुले कब्जा गर्नेछन् र त्यसको विरुद्ध सच्चा कांग्रेसीहरुले एकपटक फेरी लड्नु पर्नेछ” आजको तितो यथार्थ यहि हो।’ 

कांग्रेसभित्र गैर कांग्रेसी चरित्रले वास गरेको भन्दै यसको समय सापेक्ष रुपान्तरण हुने पनि उनले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .