ad ad

कारोबार


नेपाल बैंकका सेयरधनीले पाए २३ वर्षपछि लाभांश

नेपाल बैंकका सेयरधनीले पाए २३ वर्षपछि लाभांश

नेपालखबर
पुस २५, २०७६ शुक्रबार १३:२,

नेपाल बैंक लिमिटेडका शेयरधनीहरुले २३ वर्ष पछि लाभांश पाएका छन्।

नेपाल बैंकको शुक्रबार बसेको ६० औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अनुमोदन गरेपछि लगानीकर्ताले २३ वर्ष पछि लाभांश पाएका हुन्।

बोनस शेयर पारित भएसँगै नेपाल बैंकाको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २ सय रुपैयाँ पुगेको छ। साधारण सभामा शेयरधनीहरुले बैंकको खराब कर्जा अझै बढी रहेको बताउँदै त्यसलाई घटाउनु ध्यान दिन सुझाव दिएका थिए। बैंकका अध्यक्ष बासुदेव खधिकारीले शेयरधनीहरुको प्रश्नको जवाफ दिदै खराब कर्जा घटाउन प्रयत्न गरिरहेको जानकारी दिए। उनले राष्ट्र बैंकले स्प्रेड रेट र बेस रेट घटाउन निर्देशन दिएकाले खुद ब्याज आम्दानी घटेको समेत बताए।

त्यस्तै, अध्यक्ष अधिकारीले नगद लाभांश वितरण साधारण सभा सकिएको दुई घण्टापछि शुरु हुने र बोनस शेयर छिट्टै नै नेप्सेमा सुचीकरण गराई सम्बन्धित शेयरधनीलाई वितरण गरिने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .