सरकारले काठमाडौं-तराई द्रूर्तमार्ग २०८३ भित्र सम्पन्न गर्ने भएको छ। उक्त ट्र्याक अहिले नेपाली सेनाले निर्माण गरिरहेको छ।
सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नति गर्ने कामलाई निरन्तरता दिने भएको हो।
महाकाली, कर्णाली करिडोरको निर्माणलाई प्राथमिकता राखिने गरी कार्यक्रम ल्याइएको छ।
सरकारले अघिल्लो वर्ष ५ वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई कम्तीमा ४ लेनको एसियन हाइवेको स्तरमा विस्तार गर्ने उल्लेख गरेको थियो।
बुटवल–नारायणगढ, कमला–कञ्चनपुर खण्डको निर्माण कार्यलाई तिव्रता दिने र काँकडभिट्टा–लौकही, पथलैया–कमला तथा पथलैया–नारायणगढ खण्डको निर्माण कार्य शुरु हुने अघिल्लो वर्षको नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको छ।
66
Shares
प्रतिक्रिया