सरकारले राष्ट्रिय पूर्वाधार गुरुयोजना तयार गरी लगानी गर्न प्रोत्साहन कार्यक्रम ल्याउने भएको छ।
सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐनमा समायनुकूल संशोधन गरिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ।
सरकारले सडक यातायात, रेल, जलमार्ग र हवाई क्षेत्रलाई समेट्नेगरी एकीकृत राष्ट्रिय यातायात गुरुयोजना तयार गर्ने भएको छ।
सार्वजनिक यातायात व्यवस्थापनमा संघ र प्रदेशको भूमिका स्पष्ट हुनेगरी राष्ट्रिय यातायात नीति तथा संघीय यातायात नीति तर्जुमा गर्ने प्रतिबद्धता जनाएको छ।
24
Shares
प्रतिक्रिया