आन्तरिक राजश्व विभागपछि अर्थ मन्त्रालयले पनि धितोपत्र कारोबारमा लाग्दै आएको पुँजीगत लाभकरमा कुनै फेरबदल नगरिएको बताएको छ।
सोमबार लगानीकर्तासँग छलफल गर्दै मन्त्रालयले धितोपत्र कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर नै अन्तिम कर भएको स्पष्ट पारेको हो।
छलफलपछि विज्ञप्ति निकाल्दै कारोबारीले तिर्दै आएको पुँजीगत लाभकर ५ देखि ७.५ प्रतिशत नै अन्तिम कर भएको जनाएको हो।
अर्थमन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले विज्ञप्ति निकाल्दै आर्थिक विधेयक २०८० को दफा २९ बमोजिम प्राकृतिक व्यक्तिहरूले धितोपत्र बिक्री गर्दा हुने लाभमा कुनै फेरबदल नगिएको उल्लेख गरेको छ।
यसअघि आन्तरिक राजश्व विभागले समेत पुँजीगत लाभकर नै अन्तिम भएको भन्दै २ पटकसम्म विज्ञप्ति जारि गरेको छ। तर लगानीकर्ताहरू भने आयकरमा थप गरिएको भन्दै आन्दोलनमा छन्।
12
Shares
प्रतिक्रिया