ad ad

कारोबार


घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडान

घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडान

नेपालखबर
असोज १६, २०८१ बुधबार १६:३८, काठमाडौँ

संस्कृति, पर्ययटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले घटस्थापनादेखि पूर्णिमाको दिनसम्म रात्रिकालीन उडानको  व्यवस्था मिलाएको बताएका छन्। 

मन्त्री पाण्डेले हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउने गरी रात्रिकालीन उडानको व्यवस्था मिलाएको दाबी गरेका हुन्।

मन्त्री पाण्डेले भने, ‘बाढी पहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न घटस्थापनादेखि असोज ३० गते पूर्णिमाको दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम  बुद्ध विमानस्थल र पोखरा विमानस्थल लगायतमा रात्रिकालीन उडानको व्यवस्था मिलाइएको छ।’ 

सम्पूर्ण विमानस्थलमा बिहान साढे ४ बजेदेखि राति अबेरसम्म आवश्यकताअनुसार उडान हुने मन्त्री पाण्डेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .