ad ad

कारोबार


यी चार एसियाली सेलिब्रिटी : जो आफ्नै व्यावसायिक साम्राज्य खडा गर्दै छन्

यी चार एसियाली सेलिब्रिटी : जो आफ्नै व्यावसायिक साम्राज्य खडा गर्दै छन्

कार्ला टमस
जेठ २९, २०८० सोमबार २२:३३,

सेलिब्रिटीहरु गाइनिथ पाल्ट्र, मिरान्डा केर र जेसिका अल्बा सबैले अत्यन्त सफल जीवनशैली ब्रान्डहरु ल्याएर उद्यमशीलता क्षेत्रमा आफ्नो पाइला अघि बढाएका छन्। तिनलाई उद्यमले पर्याप्त प्रतिफल मात्र दिएको छैन, उनीहरुको व्यावसायिक साम्राज्यको जग नै हालिदिएको छ।

एसियाले पनि सेलिब्रिटीहरुले हाँकेका व्यवसायहरुको आफ्नै लहर देखेको छ। यी सेलिब्रिटीहरु केवल एक ब्रान्डको अनुहार वा कहिलेकाहीँ सहयोगी मात्र भएका छैनन्, उद्यमलाई ठूला व्यावसायिक क्षेत्रमा लैजाँदै छन्। र, उनीहरुको परियोजनामा विश्व पहुँचयुक्त अर्को ठूलो सेलिब्रिटी ब्रान्ड बन्ने सम्भावना पनि छ। 

यहाँ व्यवसाय क्षेत्रमा अहिले तरंग ल्याइरहेका चार एसियाली सेलिब्रिटी उद्यमीबारे चर्चा गरिएको छ—

१. जी–ड्रागन
जी–ड्रागन नामले सुपरिचित गायक तथा र्यापर जी योङ ‘के–पपका राजा’का रुपमा बढी चर्चित हुनसक्छन् तर उनी एक निर्विवादित फेसन आइकन समेत हुन्। (उनी पेरिस फेसन सप्ताहमा निमन्त्रित हुने पहिलो के–पप कलाकार थिए भने सन् २०१६ मा छुट्टाछुट्टै तीन भग कभरका लागि कार्ल लेजरफिल्डबाट तस्बिर खिचिएका थिए।) 

जब बिगब्यांग सदस्यले उनको आफ्नै स्ट्रिटवेयर र जीवनशैली ब्रान्ड पिसमिनुसन ल्याए, यसले ध्यान तान्यो। फेसन, कला र सांगीतिक संयोजन सम्मिलित उच्च लेबलले ग्राफिक टी–शर्ट, हुडी र पाइन्टदेखि थरिथरिका पहिरनहरु छत्रटोपी, गरगहना र जुत्तासम्मका हरेक वस्तु बनाउँछ। जसले उनको फेसनप्रतिको लगावलाई झल्काउँछ। 

जी–ड्रागनका ब्रान्ड कोरिया र विश्वभर बेला हाडिडजस्ता ए–श्रेणीमा आबद्ध, जे बाल्भिनजस्ता नृत्य–संगीतकार, एमबाप्पे र नेइमारजस्ता चर्चित फुटबल हस्ती तथा सेलिब्रिटी र फेसनप्रेमीमाझ प्रसिद्ध छ। 

२. प्रियंका चोपडा जोनास 
उद्योग क्षेत्रमा सबैभन्दा धेरैमध्ये एक इर्ष्यालु जगर प्रियंका चोपडा जोनाससँग छ भन्दा कसैले इन्कार नगर्ला। उनको चम्किलो भाग्य सदुपयोग गर्दै क्वान्टिको अभिनेत्री प्रियंकाले सन् २०२२ मा कपाल हेरविचारसम्बन्धी आफ्नैखाले उत्पादन अनोमली ल्याइन्, जसले फोहोर प्रशोधनबाट बनेको पर्यावरणमैत्री प्याकेजिङमा नरिवल तेल र बाँसजस्ता भारतीय सम्पदासँग प्राकृतिक वस्तुहरुलाई जोड दिएको थियो।  

त्यसो त यसअघि नै बाक्लो भएको सेलिब्रिटी सौन्दर्य ब्रान्ड बजारमा कम्पनी एउटा नयाँ भए पनि चोपडाका उत्पादनको आश्चर्यजनक प्रस्तुति रह्यो। गत वर्ष उनको सौन्दर्य उत्पादनले ५३ करोड अमेरिकी डलर कमाउँदै अनोमलीलाई विश्वको दोस्रो सबैभन्दा सफल सेलिब्रिटी सौन्दर्य ब्रान्ड बनाइदियो। जुन रिहानाको फेन्टीपछि रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ। 

त्यतिमात्र होइन, अनमोलीले कायली जेनरको कायली कस्मेटिक्स र सेलिना गमेजको रेयर ब्युटीजस्ता स्थापित ब्रान्डलाई उछिनेर अघि बढेको छ। 

३. जे चाउ 
ताइवानीहरुका महान् कलाकार र द ग्रिन हर्नेटका अभिनेता जे चाउको दिमागबाट भन्ने हो भने फान्टासी कडा डिजाइन र जीवन्त रंगहरुमिश्रित अर्को विलासी स्ट्रिटवेयर लाइन हो। यो चर्चित ब्रान्ड सन् २००६ मा ताइपेईमा सार्वजनिक गरिएको थियो। त्यसयता यसका धेरै बुटिक खुलिसकेका छन्। 

सन् २०२२ मा ब्रान्ड विश्व डिजिटल कलामा अझै विस्तार भयाअ‍े। चाउको लेबलले आफ्नो पहिलो एनएफटीको संग्रह फान्टाबियर ल्यायो। ती एनएफटीहरुको लागत एक पपको १ हजार अमेरिकी डलरभन्दा धेरै रहेको थियो जुन ग्लोबन्युजवायरका अनुसार ४० मिनेटभन्दा कम समयमै बिक्री भयो। यसले एनएफटीको कुल मूल्य नै त्यो समयमा ५ करोड ३० लाख अमेरिकी डलर राखिदियो। 

४. नाओमी ओसाका
सन् २०२१ म जब जापानी टेनिस स्टार तथा चार पटककी ग्रान्ड स्लाम विजेता नाओमी ओसाकाले सन केयर उत्पादनहरु ल्याइन्, यो एउटा विशाल सफलता थियो। सौन्दर्यपारखीहरुले यसलाई असाध्यै रुचाए। यसको मिसन विभिन्न रंगका मानिसलाई सौर्य किरणबाट जोगाउनेबारे शिक्षा दिने थियो।  

ओसाकाको किन्लो ब्रान्ड आफैँमा एउटा जापानी र हैटियन सम्पदाको मिश्रित उपादेयता थियो। यस ब्रान्डमा सनस्क्रिन, विभिन्न रेन्जका मोस्चराइजर, बडी लोसन र आफ्टर सन जेल मोस्चराइजरजस्ता उत्पादन रहेका छन्। 

यो नवीनतम उत्पादनले आफूलाई सफल प्रमाणित गरेको छ हार्पर्स बजारका अनुसार यसलाई अमेरिकी खुद्रा बिक्रेता वालमार्टले अनलाइनमार्फत आफ्ना देशव्यापी २५ सय स्टोरहरुमा बिक्री गरिरहेको छ। एससीएमपीबाट ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .