ad ad

कारोबार


बाढी र पहिरोपीडितका लागि अख्तियारका आयुक्तहरूले ७ दिनको तलब दिने

बाढी र पहिरोपीडितका लागि अख्तियारका आयुक्तहरूले ७ दिनको तलब दिने

नेपालखबर
असोज १६, २०८१ बुधबार १४:२०, काठमाडौँ

बाढी र पहिरोबाट पीडित भएकाहरुको सहयोगका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र अन्य आयुक्तहरुले आफ्नो ७ दिनको तलब सहयोग गर्ने भएका छन्। 

आयोगका प्रवक्ता नरहरि घिमिरेले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए।

उनका अनुसार आयोगमा रहेका सचिवले ५ दिनको, सहसचिव र उपसचिवस्तरका कर्मचारीको ३ दिनको, शाखा अधिकृत वा सो सरहका कर्मचारीको २ दिन र अन्य कर्मचारीको एक दिनको तलबबराबरको रकम कोषमा जम्मा गर्ने निर्णय भएको छ। 

बाढी र पहिरोमा परी मृत्यु भएका परिवारप्रति श्रद्धाञ्जलि र परिवारमा समवेदन प्रकट गर्दै आयोगले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .