चालु आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म वाणिज्य बैंकहरुले २९ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।
२१ वाणिज्य बैंकले चैत मसन्तसम्म २९ अर्ब ४२ अर्ब १७ करोड ४ लाख रुपैयाँ निक्षेप संकलन गरेका हुन्।
पब्लिक निक्षेप संकलन गर्नेको पहिलो नम्बरमा ग्लोबल आइएमई बैंक छ । ग्लोबल आइएमई बैंकलाई पच्छ्याउँदै दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा र तेस्रोमा नबिल बैंक छ।
चालु आवको तेस्रो त्रैमाससम्मा ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै २ खर्ब ६४ अर्ब ३८ करोड रुपैयाँ पब्लिकबाट संकलन गरेको छ।
त्यसैगरी दोस्रो नम्बरमा रहेको नेपाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ खर्ब ९ अर्ब र तेस्रोमा नबिल बैंकले २ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ।
चैत मसान्तसम्म वाणिज्य बैंकहरुले कुल निक्षेप ४८ खर्ब ३१ अर्ब ८० करोड रुपैयाँ छ । जसमा वाणिज्य बैंकहरुले ४३ अर्ब ११ अर्ब ८३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
जसमा पब्लिकबाट संकलन गरेको मात्रै २९ अर्ब ४२ अर्ब १७ करोड ४ लाख रुपैयाँ छ।
बैंकहरुले रि–फाइनान्सिङ, ऋणपत्र, वैदेशिक लगानी र स्थानिय तहको ८० प्रतिशत पैसालाई निक्षेपमा गणना गर्ने गरेका छन्।
सरकारीमध्ये नेपाल बैंक अगाडि
सरकारी लगानीका तीन वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक अगाडि देखिएको छ। बैंकले चालु आवको चैत मसान्तसम्ममा नेपाल बैंकका पब्लिक डिपोजिट १ खर्ब ९८ अर्ब ३४ करोड ६ लाख रुपैयाँ रहेको छ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकमा १ खर्ब ८६ अर्ब ५५ करोड २ लाख, कृषि विकास बैंकले १ खर्ब १८ अर्ब ५० करोड ६ लाख रुपैयाँ पब्लिक निक्षेप संकलन गरेका छन्।
निजीमा ग्लोबल आइएमई एग्रेसिभ
निजी क्षेत्रका वाणिज्य बैंकहरुमा मध्येमा ग्लोबल आईएमई बैंक अग्रस्थानमा देखिएको छ।
बैंकले चैत समान्तसम्ममा पब्लिकबाट मात्र २ खर्ब बढी निक्षेप संकलन गरेका छन्। बैंकले २ खर्ब ६४ अर्ब ३८ करोड ४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।
पब्लिकबाट सबैभन्दा कम निक्षेप संकलनमा गर्नेमा स्टान्डर्ड चाटर्ड र नेपाल एसबीआई बैंक रहेका छन्।
स्टान्डर्ड चाटर्ड बैंकले चैत मसान्तसम्ममा ६१ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। नेपाल एसबीआई बैंकले ७९ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
पब्लिक निक्षेप संकलन गर्नेे दोस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ । बैंकले २ खर्ब ९ अर्ब ५३ करोड ७ लाख रुपैयाँ संकलन गरेको छ।
तेस्रोमा नबिल बैंक रहेको छ । बैंकले पब्लिकबाट २ खर्ब ७ अर्ब १५ करोड ८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।
अन्य १३ वाणिज्य बैंकले १ अर्ब बढी निक्षेप संकलन गरेका छन।
नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया, माछापुच्छ्रे बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक, प्रभु बैंक र सानिमा बैंकले खर्ब बढी पब्लिक निक्षेप संकलन गरेको छन्।
५ वाणिज्य बैंकको पब्लिक निक्षेप खर्ब कम?
नेपाल एसबीआई बैंक, स्टान्डर्ड चाटर्ड बैंक, लक्ष्मी बैंक, प्राइम कमर्सियल बैंक र सनराइज बैंक पब्लिकबाट खर्ब कम निक्षेप संकलन गर्न सफल भएका छन्।
नेपाल एसबीआई बैंकले पब्लिकबाट ७९ अर्ब २ करोड, स्टान्डर्ड चाटर्ड बैंकले ६१ अर्ब ३९ करोड, लक्ष्मी बैंकले ९६ अर्ब ९२ करोड, प्राइम कमर्सियल बैंकले ८० अर्ब ७६ करोड र सनराइज बैंकले ८९ अर्ब ७९ लाख रुपैयाँ पब्लिकबाट संकलन गरेको छ।
Shares
प्रतिक्रिया