ad ad

कारोबार


बजेट : आज राष्ट्रियसभामा अर्थमन्त्रीले जवाफ दिने

बजेट : आज राष्ट्रियसभामा अर्थमन्त्रीले जवाफ दिने

फाइल तस्बिर


नेपालखबर
जेठ २६, २०८० शुक्रबार ९:४१, काठमाडौँ

आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आज राष्ट्रियसभामा जवाफ दिने भएका छन्। 

त्यसका लागि आज बिहान ११ बजेर ३१ मिनेटमा राष्ट्रियसभाको बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ। 

संसद् सचिवालयका अनुसार आजको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानबारेको ‘सामान्य छलफल’ जारी रहने र यस क्रममा सांसदहरूले उठाएका प्रश्नमा अर्थमन्त्री महतले जवाफ दिने सम्भावित कार्यसूची बनाइएको हो।  

सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको छ।

जुन बजेटप्रति प्रतिपक्षी दलहरूले भने असहमति जनाएका छन्। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट सच्याउनुपर्ने भनेको छ भने अन्य प्रतिपक्षी दलका सांसदले बजेटले अहिलेको आर्थिक संकट समाधान गर्न नसक्ने टिप्पणी गरिरहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .