यस साता नेप्से परिसूचक ४ प्रतिशतले बढेको छ। गत साता १८६६.३४ बिन्दुमा रहेको नेप्से, यस साता ३.९९ प्रतिशत अर्थात ७३.३१ अंक बढेर १९३९.३३ बिन्दुमा पुगेको छ।
यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। सोमध्ये १ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो भने चार दिन बढेर बन्द भएको थियो।
गत साता साढे ४ प्रतिशतले घटेको बजार यो साता लगानीकर्ताको लागि राम्रो रह्यो।
गत साता आगामी आर्थिक वर्षको बजेटले लगानीकर्ताहरु माझ करको विषयमा अन्योलता सिर्जना गरेपछि बजार उच्च दरमा घटेको थियो। तर, यो साता अर्थमन्त्रालय र आन्तरिक राजस्व कार्यालयले यसअघि रहेको पुँजीगत लाभकरको व्यवस्थामा थप कुनै किसिमको कर नलाग्ने प्रष्ट पारेका थिए।
जसले गर्दा यो साता पुनः लगानीकर्ता हौसिँदा बजार बढ्न गएको जानकार बताउँछन्।
साथै यो साता बजार बढेसँगै कारोबार समेत बढेको छ। ५ कारोबार दिनमा औसत २ अर्बको कारोबार भएको छ। साथै, पछिल्लो समय बजारमा लगानी योग्य रकम (तरलता) सहजै बन्दै गएको छ।
बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुँदा त्यसले सेयरबजारलाई सपोर्ट पुग्ने गरेको जानकारको भनाई छ।
विगतमा पनि बजारमा तरलता सहज भएको बेलामा मार्केटले नयाँ उचाई लिएका देख्न सकिन्छ।
यस साता सेन्सेटिभ इण्डेक्स ०.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६ अंक घटेको छ।
नेप्से बढेसँगै यस साता दैनिक औसत कारोबार रकम भने बढेको छ। गत साताको तुलनामा यस साताको कारोबार रकम बढेको छ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण बढेको छ। गत साता २७ खर्ब २४ अर्ब रुपैयाँमा रहेको पुँजीकरण १ खर्ब १० अर्बले बढेको छ।
यस साता १३ वटै उपसमूह मध्ये ३ परिसूचक घटेको छ भने १० को बढेको छ।
यो साता उत्पादन तथा प्रशोधन, अन्य र बैंकिङ उपसमूह घटेको छ। अन्य १० उपसमूहको परिसूचक बढेको छ। गत साता उत्पादन तथा प्रशोधन उपसमूह ४९३४.६५ रहेकोमा घटेर ४८५०.६९ प्रतिशत सीमित भएको छ। त्यसैगरी अन्य उपसमूह १३६४.७२ रहेकोमा घटेर १३५३.९६ बिन्दु र बैंकिङ १२१६.६६ घटेर १२०३.५६ बिन्दुमा झरेको छ।
यता, नन लाइफ इन्स्योरेन्स कम्पनीको उपसमूह गत साता ९३६९.५९ बिन्दु रहेकोमा बढेर यो साता १०३२४.१४ बिन्दुमा पुगेको छ। त्यसैगरी लाइफ इन्स्योरेन्सको ९७६४.०५ बिन्दु बढेर ९९३८.६६ बिन्दु, होटल ४००५ बिन्दुबाट बढेर ४१३८ बिन्दु, माइक्रोफाइनान्सको ३५०७.८३ बिन्दुबाट बढेर ३५६५.७७ बिन्दुमा, विकास बैंकको उपसमूह ३५०५.९६ बिन्दुबाट बढेर ३५५४.२६ बिन्दुमा पुगेको छ।
त्यसैगरी, हाइड्रो उपसमूह २४१४.७९ बिन्दुबाट बढेर २४७१.३८ बिन्दुमा, ट्रेडिङ २२१८.२८ बिन्दुबाट २४५०.६९ बिन्दुमा, फाइनान्स १५८७.०५ बिन्दुबाट बढेर १६०६.६१ बिन्दुमा, इन्भेष्टमेन्ट ६६.१८ बिन्दुबाट बढेर ६७.३४ बिन्दु र म्युचल फण्ड १३.७२ बिन्दुबाट बढेर १३.८४ बिन्दुमा पुगेको छ।
यस साता ४ कम्पनीको ५७ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता आरएमडिसी लघुवित्तको ३२ लाख २६ हजार, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६ लाख १५ हजार कित्ता, कालिका पावर कम्पनीको १० लाख ३५ हजार र नेशनल माइक्रोफाइनान्सको ८ लाख ८० हजार कित्ता सेयर सूचीकृत भएको हो।
त्यसैगरी तीन कम्पनीले आईपीओ जारी गरिसके पश्चात सेयर सूचीकृत गरेका छन्। सिटि होटल, डोल्टी पावर कम्पनी र भूगोल डेभलपमेन्ट कम्पनीले २ करोड ७४ लाख कित्ता सेयर सूचीकृत गरेका छन्।
यो साता हालै आईपीओ जारी गरेका भूगोल इनर्जी डेभलपमेन्ट र डोल्टी पावर कम्पनीको सेयरमूल्य उच्च दरले बढेको छ। त्यसैगरी आत्मनिर्भर लघुवित्त र बिपीडब्लु लघुवित्तको बढेको छ।
फ्लोरसिट विश्लेषण गर्दा यस साता मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा अधिकांश हाइड्रोपार कम्पनीहरुको सेयर रहेका छन्।
Shares
प्रतिक्रिया