ad ad

कारोबार


इप्पानमा गणेश कार्की समूहको प्यानल घोषणा

इप्पानमा गणेश कार्की समूहको प्यानल घोषणा

नेपालखबर
जेठ २९, २०८० सोमबार १४:१०, काठमाडौँ

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्व चयन हुँदै छ। यही जेठ ३२ गते हुने निर्वाचनबाट नयाँ नेतृत्व चयन हुन लागेको हो।

नयाँ नेतृत्वको लागि गणेश कार्कीको समूहले आफ्नो प्यानल घोषणा गरेका छन्। कार्कीले आज एक विशेष समारोहकाबीच प्यालन घोषणा गरेका हुन्।

प्यानलमा अध्यक्ष गणेश कार्की रहेका छन् भने वरिष्ठ उपाधयक्षमा मोहन कुमार डाँगी छन्। त्यस्तै, उपाध्यक्षमा आशिष गर्ग, भरतबहादुर खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी, उत्तम ब्लोन लामा रहेका छन्। महासचिवमा बलराम खतिवडा, उपमहासचिवमा प्रकाशचन्द्र दुलाल, सचिवमा भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, भरत नेपाल रहेका छन्। कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त छन्।

एक जना सचिव र सदस्यहरु टुंगो लगाउन बाँकी रहेको बताइएको छ।

उम्मेदवरी घोषणा सभामा अध्यक्षका उम्मेदवार कार्कीले उर्जा उत्पादकहरुले धरै समस्या झेल्नु परेको र त्यो समस्या समाधान गर्ने नै आफ्नो एजेण्डा रहेको बताए।

उनले भने ‘लाइसेन्स लिएपछि त्यसको म्याद रहुन्जेल त कुनै निर्माणको काम सुरु गर्न नै नसकिने स्थिति रहेको छ। अबका दिनमा सहजिकरणको बाटोमा जानको लागि इप्पान लागि पर्ने छ।’

विद्युत खरिद बिक्री सम्झौताका लागि आवदेन गरेका सम्पूर्ण आयोजनाहरुको यथासिघ्र विद्युत खरिद बिक्री सम्झौता गराउन पहल गरिने उनले बताए। विद्युत प्राधिकरणले ‘टेक अर पे’ पीपीएलाई सिओडी गर्ने समयमा जबर्स्जस्ती टेक एण्ड पे गराएकोले त्यसमा अन्याय भएको उनको भनाई छ। यस्ता समस्याहरु सल्याटाउनुपर्ने कार्कीले बताए।

त्यस्तै, गरी नेपालको निजी उर्जा क्षेत्र सबै भन्दा धेरै लगानी भएको निजी क्षेत्र भएकाले त्यसको संरक्षण हुनुपर्ने बताए।

आजको उम्मेदवारी घोषणा कार्यक्रममा हालका अध्यक्ष कृष्ण आचार्य, निर्वतमान अध्यक्ष शैलेन्द्र गुरागाईं, वरिष्ठ उर्जा उद्योगी बटु लामिछाने, उमेश श्रेष्ठको सहभागिता रहेको थियो।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश अग्रवालले शुभकामना दिएका थिए।

इप्पानमा अर्को प्यानलसमेत खडा भएको छ। जसको नेतृत्व किरण मल्लले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .