अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय हिसाबले उपयुक्त देखिएमा मात्रै ढुङ्गागिट्टी निर्यात गर्ने गरी बजेट व्यवस्था गरिएको बताएका छन्।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्।
'हाम्रो प्राकृतिक स्रोतलाई उपयोग गरी मौद्रिकीकरण गर्न सम्भाव्यता अध्ययन गरी निर्यातको आधार तयार गर्न खोजिएको हो। तर वातावरणीय पक्षलाई उपेक्षा गरिने छैन,’ महतले भने।
उनले चुरेलाई नै भत्काएर निर्यात गर्न खोजेको जसरी व्याख्या गरिएको कुरा गलत रहेको पनि बताएका छन्।
‘जहाँ जहाँ निर्यात गर्न मिल्छ त्यहाँको निर्यात गर्छौँ’, उनले भने, ‘भुटानले पनि त निर्यात गरिरहेको छ। ढुङ्गा के खनिजजन्य पदार्थ होइन र?’
उनले अष्ट्रेलियामा पनि ठूला ठूला खानी उत्खनन गरिएका बताए।
30
Shares
प्रतिक्रिया