ad ad

कारोबार


सोमबार पनि बढ्यो सेयर बजार, कारोबार ३ अर्ब नजिक

सोमबार पनि बढ्यो सेयर बजार, कारोबार ३ अर्ब नजिक

फाइल तस्बिर


नेपालखबर
जेठ २९, २०८० सोमबार १५:२६, काठमाडौँ

आज पनि सेयरबजारको उकालो यात्राले निरन्तरता पाएको छ। गत सातादेखि निरन्तर उकालो लाग्दै आएको बजार  आज ७.७९ प्रतिशतले बढेको छ। 

बढेको बजारमा २ अर्ब ८८ करोडको कारोबार भएको छ। आज कारोबारमा आएका २८५ कम्पनीहरुले ७४ हजार ५४ लाख ७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८८ करोडको कारोबार भएको छ। 

आज कारोबारमा आएका मध्ये ८९ कम्पनीको सेयरमूल्य बढेको छ भने १२६ घटेको छ। बाँकी ८ कम्पनीको कारोबार भने स्थिर नै देखिन्छ। 

आज अभियान लघुवित्त र कालिन्चोक दर्शनको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। त्यसैगरी भूगोल इनर्जी डेभलपमेन्टको ९.९९ प्रतिशत र सिटि होटलको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ। 

आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको १५ करोड २८ लाख रुपैयाँ, हिमालयन डिष्टिलरीको १० करोड ११ लाख र शिवश्री हाइड्रोपावरको सेयरमूल्य ९ करोड ५८ लाखको कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .