ad ad

कारोबार


६ सय मेगावाट जलविद्युतमा आवद्ध लामा इप्पानको उपाध्यक्ष उम्मेदवार

६ सय मेगावाट जलविद्युतमा आवद्ध लामा इप्पानको उपाध्यक्ष उम्मेदवार

नेपालखबर
जेठ २९, २०८० सोमबार १८:३८, काठमाडौँ

युवा उद्यमी लामा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को उपाध्यक्षमा युवा उद्योमी उत्तम ब्लोन लामाले उम्मेदवारी घोषणा गरेका छन्।  गणेश कार्कीको समूहबाट उम्मेदवारी घोषणा गरेका हुन्।  

उत्तम ब्लोन लामा युवा उद्यामी हुन्। लामाले १० वर्षअघिदेखि उर्जा क्षेत्रमा लगानी गरिरहेका छन्। आगामी जेठ ३२ गते इप्पानको नयाँ नेतृत्व चयन हुँदै छ।

हाल कार्यसमिति सदस्य रहेका लामाले इप्पान उपाध्यक्षमा दाबी गरेका हुन्।

तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंक अन्तर्गतको सीइडीबी हाइड्रो फन्डमार्फत निर्माण सुरु भएको ४ दशमलव ४ मेगावाटको राधी जलविद्युत आयोजनाको निर्माणबाट यस क्षेत्रमा प्रवेश गरेका उनी अहिले एक दर्जन बढी आयोजनासँग आवद्ध रहेका छन्।

उनी अहिले  ६०० मेगावाटका आयोजनासँग आवद्ध छन्।

उनको लगानी रहेको ६७ मेगावाट बराबरका आयोजनाहरू सञ्चालनमा आइसकेका आइसकका छन्। ती मध्ये १२ मेगावाटको दोर्दी खोला, ११ मेगावाटको तल्लो खारे खोला, ४ दशमलव ४ मेगावाटको राधी, ४ मेगावाटको खुदी, ५ मेगावाटको रुकुमगाड, १८३ किलोवाटको स्यांगे, ३० मेगावाटको न्यादी रहेका छन्।

संखुवासभामा ८५ मेगावाटको कसुवा खोला निर्माण भइरहेको छ।

पछिल्लो समय जलविद्युत तथा ऊर्जा विकासमा लगानी लक्षित गरेको एनएमबी बैंकको सञ्चालक समेत रहेका लामा नेपाल पावर ट्रेडिङ कम्पनी (नेपेक्स) को सञ्चालक पनि छन्।

लामाको लगानी रहेका र अध्ययन चरणका आयोजनाहरूमा १ मेगावाटको किसेदी, ३० मेगावाटको म्याग्दी ‘ए’ ३५ मेगावाटको सुपर इखुवा, २५ मेगावाटको माथिल्लो इंखुवा, ५० मेगावाटको नार खोला, ५ मेगावाटको माथिल्लो रुकुमगाड र ३०० मेगावाटको सुपर कर्णाली रहेका छन्। सबै जोड्दा उनी आवद्ध भएको आयोजनाहरुको क्षमता ५९८ मेगावाट पुगेको छ।

युवा अवस्थामा नै जलविद्युतमा ठूलो लगानी गरिसकेका लामा यो क्षेत्रमा लगानीको सहज वातावरण बनाउने गरि नेतृत्वमा अघि बढ्न चाहेका छन्।

सिंगो निजी क्षेत्रको संस्था बनाउँदै जलविद्युत विकासमा सरकारसँग हातेमालो गर्दै अगाडि बढ्न सक्ने हैसियतको संस्था बनाउनुपर्नेमा जोड दिएका छन्।

निजी क्षेत्र सरकारका नीति नियम र निर्देशिकाले निर्देशित हुने हुँदा सरकारको साझेदारीको रूपमा यो क्षेत्रलाई माथि उठाउन आफूले सक्दो पहल गर्ने उनी बताउँछन्।

 

 

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .