ad ad

कारोबार


डिजिटल नेपाल कन्क्लेभ सुरु, प्रधानमन्त्रीले गरे उद्‍घाटन (तस्बिर)

डिजिटल नेपाल कन्क्लेभ सुरु, प्रधानमन्त्रीले गरे उद्‍घाटन (तस्बिर)

नेपालखबर
असार ८, २०८० शुक्रबार १२:५०, काठमाडौँ

डिजिटल नेपाल कन्क्लेभ २०२३ सुरु भएको छ।

डिजिटल नेपाल कन्क्लेभ २०२३ आज र भोलि (असार ८ र ९ गते) चल्नेछ।

कार्यक्रमको उद्‍घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे।

यस कार्यक्रमले डिजिटलाइजेसनको रुपान्तरणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री दाहालले नेपालमा डिजिटल सेवा सुरु गरिएको बताए। उनले डिजिटलाइजेसनको लागि नीति नियम बनाएर कार्यान्वयन गर्न समेत अनुमति दिएको बताए।

‘अहिले पासपोर्ट, राष्ट्रिय परिचय पत्र लगायतका अन्य सेवा अनलाइनबाट लिने व्यवस्था गरिएको छ’ उनले भने, ‘नो अब्जेक्सन लेटर पनि  मोबाइलबाट लिन मिल्ने व्यवस्था गरेका छौँ।’

उनले थपे, ‘डिजिटलाइजेशनमा थप आवश्यक कानुन जतिसक्दो चाँडै पारित गरि कार्यान्वयन गरिनेछ। नीतिगत परिवर्तन गर्नुपर्ने चुनौती छ। चुनौती भएपनि परिमार्जन गरि कार्यान्वयन ल्याउछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .