ad ad

कारोबार


रिडी पावर कम्पनीको विशेष साधारणसभा, ५० प्रतिशत हकप्रद सेयर पारित

रिडी पावर कम्पनीको विशेष साधारणसभा, ५० प्रतिशत हकप्रद सेयर पारित

नेपालखबर
असार ८, २०८० शुक्रबार १८:२, काठमाडौँ

 

रिडी पावर कम्पनी लिमिटेडको विशेष साधारणसभाबाट ५० प्रतिशत हकप्रद सेयर पारित भएको छ।

शुक्रबार नयाँ बानेश्वको इन्द्रेणी कम्प्लेक्समा सम्पन्न विशेष साधारणसभाले उक्त हकप्रद सेयर पारित गरेको हो।

कम्पनीले अब साझा पावार डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनाका लागि १०० अंकित दरको १ कित्ता बराबर शून्य दशमलव ५० कित्ताको अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।  

हाल कम्पनीको चुक्तापूँजी ५८ करोड ५५ लाख ५८ हजार छ। हकप्रद सेयर निष्काशनपछि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी, र चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।

कम्पनीलाई हकप्रद सेयर निष्काशनका लागि विद्युत नियमन आयोगले बैशाख ३ गते अनुमति प्रदान गरिसकेको छ।

विशेष साधारणसभालाई सम्बोधन गर्दै रिडी पावरका अध्यक्ष सञ्जीव न्यौपानेले सेयरधनीहरुको उच्च प्रतिफलका लागि आफूहरु लागिरहने बताए।

त्यसैगरी सभामा कम्पनीका प्रबन्ध निर्देशक कुवेरमणि नेपालले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनाबारे सेयरधनीलाई प्रष्ट पारेका थिए।

कम्पनीले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनाका लागि प्रमोटर सेयर समेत खुलाएको छ।

इच्छुक लगानीकर्ताले केन्द्रिय कार्यालय ट्रेड टावार थापाथलीको पाँचौ तल्लमा सिधै सम्पर्क गर्न सक्नुहुनेछ।

हकप्रद सेयर पाएसँगै साधारणसभामा बोल्ने सेयरधनीहरुले बलेफी खोला जलविद्युत आयोजनाको लागि शुभकामना व्यक्त गरेका थिए।

यो कम्पनीको निर्माण सुरु भएको मितिबाट २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ।  

बलेफी तल्लो खोला जलविद्युत आयोजनामा ४ सय ४० करोड लगानीमा बन्ने छ। जसमा कुमारी बैंकको अघुवाईमा ७५ प्रतिशत  ऋण गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .