काठमाडौं महानगरपालिकाले अब टेलिभिजन पनि सञ्चालन गर्ने भएको छ। एफएम रेडियो सञ्चालन गरिरहेको महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटमा टेलिभिजन सञ्चालनको योजना पनि ल्याएको हो।
महानगरकी उपप्रमुख सुनिता डंगोलले १३ औँ नगरसभामा २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजनका क्रममा टेलिभिजन चलाउने योजना पनि ल्याइन्।
महानगर टेलिभिजन सञ्चालनका लागि उनले ५ करोड रुपैयाँ बजेट छुट्याएको जानकारी नगरसभामा दिएकी छन्।
171
Shares
प्रतिक्रिया