ad ad

कारोबार


यी १३ राजमार्ग अझै पूर्ण रूपमा बन्द

यी १३ राजमार्ग अझै पूर्ण रूपमा बन्द

बाढीले भत्काएको बीपी राजमार्ग (रासस)


नेपालखबर
असोज १६, २०८१ बुधबार १२:३७, काठमाडौँ

अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण अवरुद्ध भएका १३ वटा राजमार्ग अझै सञ्चालनमा आउन सकेका छैनन्। 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताले दिएको जानकारी अनुसार बुधबार बिहानसम्म अझै १३ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध छन्। 

काठमाडौंको दक्षिणकाली नगरपालिका ८ मा पहिरा जाँदा सिस्नेरी सडक खण्ड पूर्णरुपमा अबरुद्ध छ। असोज ११ गते गएको पहिरो हटाउने कार्य भइरहे पनि सडक सञ्चालनमा आउन सकेको छैन। 

यस्तै ललितपुरको गोदावारी नगरपालिका ६ मा पनि पहिरोले सडक बन्द भएको छ। 

लेले–टीकाभैरव जाने सडक सञ्चालनमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ। उता धनकुटाको चौबिसे गाउँपालिका १ सौर्यमा पहिरो जाँदा राँके भेडेटार सडकमा अवरोध पुगेको छ। मकवानपुरमा पनि ३ ठाउँमा पहिरोले सडकमा क्षति पुगेको छ। जुन अझै सञ्चालनमा आउन सकेको छैन।

इन्द्रसरोवर गाउँपािलका १ मा पहिरोले कुलेखानी मार्खु सडक, इन्द्रसरोवर गाउँपालिका २ मा भीमफेदी कुलेखानी फाखेल सडक र इन्द्रसरोवर गाउँपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो जाँदा सिस्नेरी दक्षिणकाली सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ। 

काभ्रेपलान्चोृक र सिन्धुलीमा पहिरोले ४ ठाउँमा बीपी राजमार्ग अवरुद्ध भएको छ। रोशी गाउँपालिका ८ चारसयबेसी, रोशी गाउँपालिका ११ कालढुंगा र रोशी गाउँपालिका १२ प्याकुरेमा बाढी पहिरोले बीपी राजमार्गमा क्षति पुर्‍याएको छ। यस्तै सिन्धुलीको सुनकोसी गाउँपालिका १ मा पनि पहिरोली बीपी राजमार्ग अवरुद्ध भएको छ।

सिन्धुलीको फिक्कल गाउँपालिका २ सुम्नामबेसी गएको पहिरोले मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध गरेको छ।

भोटेकोसी ३ को पहिरोले बाह्रबिसे–तातोपानी सडक र रामेछापको मन्थली ६ स्थित नदीको पुल बगाउँदा रामेछाप–खुर्कोट सडक पनि सञ्चालनमा आउन सकेको छैन। 

दसैँमा आवतजावत गर्ने यात्रुलाई व्यवासायीहरुले वैकल्पिक राजमार्गको प्रयोग गरेर गन्तव्यमा पुर्‍याउन थालेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .