ad ad

कारोबार


उत्पादनमूलक व्यवसायी राजेश अग्रवाल : जसले सम्हाले उद्योग परिसंघको नेतृत्व

उत्पादनमूलक व्यवसायी राजेश अग्रवाल : जसले सम्हाले उद्योग परिसंघको नेतृत्व

उद्योग परिसंघको अध्यक्ष राजेश अग्रवाल। तस्बिर : नेपालखबर


नेपालखबर
असार १०, २०८० आइतबार १४:१४, काठमाडौँ

राजेशकुमार अग्रवाल उत्पादनमूलक उद्योगका एक सञ्चालक हुन्। ठूला घरानाका धेरै उद्योगीहरु उत्पादनमूलक उद्योग सञ्चालनसँगै व्यपार पनि गर्छन्। 

राजेश अहिलेसम्म उत्पादनमूलक उद्योगहरुमा मात्रै सीमित छन्। व्यापारमा छिटो नाफा हुन्छ। तर उत्पादनमूलक उद्योग सञ्चालनबाट नाफा कमाउन केही समय पर्खनुपर्ने बाध्यता रहेको बहस नेपालमा हुने गरेको छ। राजेश अग्रवालले आफूलाई निर्माणजन्य उद्योगहरुमा केन्द्रित गरिरहेका छन्। 

उनै राजेश अग्रवाल नेपाल उद्योग परिसंघको अध्यक्षमा चयन भएका छन्। 

परिसंघको गभर्निङ काउन्सिल समितिले विधानअनुरुप अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको थियो। 

परिसंघमा नेतृत्वचयन फरक प्रक्रियाबाट हुन्छ। निर्वाचनप्रक्रियामा नगई नेतृत्व गर्ने समयमा निर्विकल्प बनाएर अध्यक्ष चयन गर्ने व्यवस्था परिसंघमा छ। परिसंघको विधानअनुसार उनी स्वतः अध्यक्ष भएका हुन्। परिसंघको २० औँ वार्षिक साधारण सभाले उनलाई अधयक्षमा चयन गरेको हो। 

यसको गभर्निङ काउसिन्सल समितिले उपाध्यक्षमध्ये एकजनालाई योग्यता र योगदानका आधारमा वरिष्ठ उपाध्यक्ष चयन गर्ने व्यवस्था छ।

उनै आगामी अध्यक्षमा चयन हुन्छन्। त्यही नियमअनुसार उनी तीन वर्षे कार्यकालका लागि अध्यक्ष भएका हुन्। 

अग्रवालले डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजस्व समिति सभापति र विभिन्न समितिमा रहेर काम गरेका छन्। 

उनले रोजगारदाता परिषद् संयोजक भई २०७४ बाट परिसंघको उपाध्यक्षका रुपमा काम गरिसकेका छन्। 

काठमाडौंमा जन्मिएका अग्रवाल सन् १९९२ देखि उद्योग क्षेत्रमा छन्। उनी आरएमसी गु्रपका कार्यकारी निर्देशकसमेत हुन्। यो घराना ५० वर्षदेखि व्यवसायमा छ। 

यस घरानाको सुरुवात बिजनेस राजेश मेटल क्राफ्टबाट भएको हो। त्यसपछि स्टिल, पाइप, जस्तापाता, सिमेन्ट उत्पादन गर्दै मुलुकको स्थापित व्यावसायिक घरानामा स्थापित छ। 

आरएमसी ग्रुपका संस्थापक श्रवणकुमार अग्रवाल हुन्। राजेश अग्रवाल उनैका छोरा हुन्। यस घरानाको मुख्य लगानी राजेश मेटल क्राफ्ट प्रालि हो। यसले फलामका सामग्री निर्माण गर्छ। साथमा जस्तापातासहितका महत्वपूर्ण उत्पादन गर्दै आएको छ।

पाल्पा सिमेन्ट उद्योग प्रालि यसको महत्वपूर्ण उद्योग हो। यो उद्योगको तानसेन सिमेन्ट भारत निर्यात हुने गरेको छ। अहिले यो घरानाले खाद्य उद्योगमासमेत लगानी गरेको छ।

प्रायः यस घरानाको व्यववास उत्पादनमूलक उद्योगमा नै छ। व्यवसायमा नेतृत्वकारी भूमिका उनै राजेश अग्रवालले लिने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .