ad ad

कारोबार


सानिमा बैंकद्वारा दीर्घायू बचत योजना अन्तर्गत बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा दीर्घायू बचत योजना अन्तर्गत बीमा रकम हस्तान्तरण

नेपालखबर
असार १०, २०८० आइतबार १७:३०, काठमाडौँ

सानिमा बैंकले सानिमा दिर्घायू बचत योजना अन्तर्गत रु. ३ लाखको घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ।

बैंकका खातावाला राममाया अधिकारीलाई सानिमा दिर्घायू बचत योजना अन्तर्गत रु. ३ लाखको घातक बीमा रकम भुक्तानी गरिएको हो।

बैंकका बालाजु कार्यालयका प्रबन्धक रामहरि अधिकारीले बीमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरे।

राममाया अधिकारीले सानिमा बैंकको धादिङबेसी शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेकी थिइन्।

सानिमा बैंकले दिर्घायू बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको १३ घातक रोगको उपचार बीमा, रु. १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधि उपचार बीमा, रु. ५० हजारको आवधिक जीवन बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा एटीएम सञ्चालनमा रहेका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .