ad ad

कारोबार


टीभीएस अपाचे ओनर्स ग्रुपद्वारा मार्सल मिट र एनिभर्सरी राइड

टीभीएस अपाचे ओनर्स ग्रुपद्वारा मार्सल मिट र एनिभर्सरी राइड

नेपालखबर
असार ११, २०८० सोमबार १८:२१, काठमाडौँ

अपाचे ओनर्स ग्रुप (एओजी)ले मार्सल मिट र आफ्नो एनिभर्सरी राइड कार्यक्रम सम्पन्न गरेको छ।

सामूहिक प्रहलद्वारा सबथोक सम्भव छ’ भन्ने भावनालाई बाइकिङ कल्चरमार्फत युवाहरुको मनमा स्थापित गर्ने लक्ष्यका साथ सुरुवात गरिएको सो कार्यक्रम असार ८ र ९ गते सम्पन्न भएको हो।

एओजीद्वारा नक्सालस्थित क्राउन प्लाजा होटलमा आयोजित मार्सल मिटमा देशभरबाट १५ जना मार्सलहरुको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा देशभरबाट आएका सबै मार्सललाई हेड मार्सल गौरव कुमार पाठकले सवारी सम्बन्धी जानकारी र सुरक्षित यात्राका लागि आवश्यक तालिम प्रदान गरेका थिए।

तालिमले अपाचे ओनर्स ग्रुपलाई अझ बलियो बनाएको छ भने तालिम प्राप्त मार्सलद्वारा नेतृत्व गरिने भविष्यका राइडहरु थप सुरक्षित र रमाइलो बन्ने निश्चित भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नेपाली युवाहरुमाझ रहेको बाइकिङ प्रतिको प्रेमलाई एओजी मार्फत एक बनाउँदै एक आपसमा भाइचाराको भावनालाई प्रोत्साहन गर्नका निम्ति टीभीएस लामो समय देखि लागि परेको छ।  

त्यसैगरी, कम्पनीले आन्तरिक पर्यटन प्रबद्र्धनको लक्ष्यका साथ आफ्नो एनिभर्सरी राइड पनि भब्यताका साथ सम्पन्न गरेको जनाएको छ। ७० भन्दा बढी राइडरहरुको सहभागिता रहेको काठमाडौंको भृकुटीमन्डपस्थित नेपाल पर्यटन बोर्डको अफिसबाट सुरु भएको उक्त राइड मिनी ईलाम, भोटेचौर पुगेर पूनः साँझ काठमाडौंमै फर्किएर समापन गरिएको थियो।

कार्यक्रम मार्फत केही समयअघि एओजीद्वारा आयोजित मार्क्यु राइडमा सहभागी भेटरान राइडर्स तथा मोटो भ्लगर्स विजय मोक्तान, प्रमोद श्रेष्ठ (गुफी), अवशिस ओझा र सागर थापालाई सम्मान पत्रका साथै मायाको चिनोसहित सम्मान गरेको थियो। साथै, समस्त सहभागी राइडरहरुलाई पनि मायाको चिनो तथा गिफ्ट ह्याम्पयर बाँडिएको थियो।

कम्पनीका अनुसार स्थापनाको पहिलो वर्षमै अपाचे ओनर्स ग्रुपले देशभरबाट ३००० भन्दा बढी सदस्यहरू बटुल्न सफल भएको छ र हालसम्म च्याप्टर र मार्शल राइड गरि ४२ वटा राइडहरु सफलतापूर्वक सञ्चालन गरिसकेको छ। त्यस मध्ये चित्लाङ्ग सम्मको नाइट राइड र ७००० किलोमिटर लामो अन्तर्राष्ट्रिय राइड पनि रहेको छ।

एओजी, बाइकिङ कल्चर प्रवर्द्धनकै निम्ति नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले गठन गरेको एक ग्रुप हो। कम्पनीले एओजी राइडमा सहभागी राइडर्सको ग्रुप च्याटपनि भाइबर मार्फत स्थापना गरेको छ । सो च्याटमा आफ्नो बाइक वा राइड सम्बन्धी कुनैपनि समस्या पर्दा सहजै समाधान प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ।  

बाइकिङबाट समाजिक कार्यमा सहयोग पुर्याउने र युवाहरुलाई एक अर्कासँग जोड्ने एक प्रभावकारी समुहका रुपमा टिभिएसले अपाचे ओनर्स ग्रुप (एओजी) लाई विगतको एक वर्ष देखि अघि बढाइरहेको छ।

स्थापना कालदेखि नै यस ग्रुपले विभिन्न आकर्षक र मनोरञ्जनात्मक कार्यक्रमहरू मार्फत युवाहरुको बाइकिङ प्रतिको लगावलाई प्रोत्साहन दिँदै सामाजिक कार्यहरुमा पनि संलग्न रहँदै आएको छ।

जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन सफल भएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .