ad ad

कारोबार


साओमीको ‘दसैँको वहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार’ क्याम्पेन

साओमीको ‘दसैँको वहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार’ क्याम्पेन

नेपालखबर
असोज १६, २०८१ बुधबार ११:५७, काठमाडौँ

साओमीले दसैँलाई लक्षित गरी नयाँ क्याम्पेन ‘दसैँको वहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार’ घोषणा गरेको छ।

यस क्याम्पेनमा ग्राहकवर्गले कुनै पनि साओमी वा रेड्मी ब्रान्डका स्मार्टफोन खरिदमा दैनिक पुरस्कार जित्ने मौका पाउने कम्पनीले जनाएको छ।

क्याम्पेनअन्तर्गत हरेक दिन पाँच जना भाग्यशाली विजेताहरूले रेड्मी बड्स ५ ए जित्नेछन् भने चार जना विजेताहरूले रेड्मी वाच ५ एक्टिभ जित्नेछन्। यस क्याम्पेनको मुख्य आकर्षण भनेको हरेक दिन एक जना भाग्यशाली विजेतालाई थाइल्यान्ड ट्रिप छ।

यस रोमाञ्चक अफरमा सहभागी हुनका लागि ग्राहकहरूले असोज १५ देखि असोज २४ सम्मका कुनै पनि साओमी वा रेड्मी ब्राण्डका स्मार्टफोन खरिद गर्नुपर्नेछ भने खरिदपछि उक्त स्मार्टफोनको आईएमइआई वान नम्बरलाई ३६००० मा एसएमएस पठाउनुपर्नेछ। एसएमएस पठाउँदा एमआई स्पेस आईएमईआई १ नम्बर टाइप गरी ३६००० मा पठाउनुपर्नेछ ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले यस उत्सवलाई अझ विशेष बनाउन यो क्याम्पेन ल्याउँदा उत्साहित रहेको बताए। 

यसले ग्राहकहरूलाई रोमाञ्चक पुरस्कारहरुका साथै थाइल्यान्ड यात्रा गर्ने अवसर पनि प्रदान गर्ने उनले बताए। 

साथै ग्राहकहरुले आफ्ना लेटेस्ट मोडेलहरुको खरिदमा ४ हजार रुपैयाँसम्मको छुट पाउन सक्ने  कम्पनीले बताएको छ। उक्त विशेष अफर भदौ ३० बाटै सुरु भइसकेको र कात्तिक ३० सम्म लागू हुने कम्पनीले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .