ad ad

कारोबार


प्रधानमन्त्रीले भने : अर्थतन्त्र श्रीलंकाको दु:स्वप्‍नबाट जागिसक्यो, सुधारतर्फ अघि बढ्यो

प्रधानमन्त्रीले भने : अर्थतन्त्र श्रीलंकाको दु:स्वप्‍नबाट जागिसक्यो, सुधारतर्फ अघि बढ्यो

प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
असार १३, २०८० बुधबार १२:२७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र सुधारतर्फ देश अघि बढिसकेको बताएका छन्।

आगामी आर्थिक वर्षका लागि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयको विनियोजन बजेटबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यसो भनेका हुन्। 

संसद्मा‍ बोल्दै उनले श्रीलंकाको दु:स्वपनाबाट जागिसकेका बताएका छन्। 

यसबीचमा अर्थतन्त्र जागिसकेको उनले बताए। उनले भने ,‘यो सरकारको उपलब्धि मात्रै होइन देशकै हो। अहिले सबैजसो आर्थिक सूचकहरु सकारात्मक दिशातिर अगाडि बढ्दै छ।’ 

उनले कुल विदेशी विनिमय सञ्चिति पर्याप्त रहेको बताए। ९ महिनाको आयात धान्न सक्ने अवस्था रहेको उनले जानकारी दिए।

‘कुल वस्तु व्यापार घाटमा १५ दशमलव २ प्रतिशतले कमी आएको छ’, उनले भने, ‘गत वर्षभन्दा अहिले पर्यटक दोब्बर बढेका छन्। वित्तीय क्षेत्रको लगानीमा सुधार आएको छ।’

उनले नेपाल विद्युत् प्राधिकरण र नेपाल आयल निगम नाफामा गएको बताए। नेपाल वायुसेवा निगम पनि सुधार हुँदै गएको उनले जनाकारी गराए। 

उनले अहिलेसम्म ३५ अर्ब वैदेशिक सहायता सम्झौतामा हस्ताक्षर भएको बताए। उद्योग क्षेत्रमा ३५ अर्ब नै लगानी सुनिश्चित भएको उनको भनाइ छ। 

प्रचण्डले १५ वटा जलविदुत आयोजनमा १ खर्ब बढी लगानी पक्का भएको समेत जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .