ad ad

कारोबार


एनएमबी बैंकका दुई नयाँ अफर : निःशुल्क अन्तरबैंक फण्ड ट्रान्सफर, निःशुल्क डेबिट कार्ड

एनएमबी बैंकका दुई नयाँ अफर : निःशुल्क अन्तरबैंक फण्ड ट्रान्सफर, निःशुल्क डेबिट कार्ड

नेपालखबर
असार १८, २०८० सोमबार १३:०, काठमाडौँ

एनएमबी बैंकले आफ्ना ग्राहकहरुका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उदेस्यले दुई आकर्षक अफरहरू घोषणा गरेको छ।

अफरमा ग्राहकहरुले ईएनएमबी एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निःशुल्क रकम ट्रान्सफफर गर्न सक्नेछन्। चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस्, यो अफरले ग्राहकहरूलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनाउँछ।

सो अफर श्रावण मसान्त सम्म लागू हुने कम्पनीले जनाएको छ।

साथै एनएमबी बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरुलाई निःशुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ। एनएमबी बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन्।  

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएम र १२ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दैआइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .