भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निवास सात लोक कल्याण मार्गमाथि ड्रोन जस्तै शंकास्पद वस्तु उडेको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली पुलिसले सोमबार बिहान ५ बजे एक फोन कल आएको थियो।
पुलिसलाई प्रधानमन्त्री आवासमाथिको आकाशमा ड्रोन जस्तै केही वस्तु उडेको खबर आएपछि सतर्कता अपनाइएको थियो।
समाचार एजेन्सी एएनआईका अनुसार उक्त वस्तु ड्रोन भएको पत्ता लागेपछि प्रधानमन्त्रीको सुरक्षा जिम्मा सम्हालिरहेको एसपीजीले दिल्ली पुलिससँग सम्पर्क गरेको थियो।
पुलिसले उजुरी आएलगत्तै जब जाँच थाल्यो तब केही खुल्न सकेन। दिल्ली पुलिसका अधिकारीले यसबारेमा एयर ट्राफिक कन्ट्रोललाई पनि सोध्दा केही नखुलेको जनाएको छ।
एएनआईका अनुसार दिल्ली पुलिसले यस मामिलामा जाँच गरिरहेको छ। प्रधानमन्त्री आवास उडान निषेधित क्षेत्रका रुपमा रहेको हुन्छ। यस क्षेत्रमा ड्रोन र हेलिकप्टरको उडान निषेध गरिएको हुन्छ।
प्रधानमन्त्री आवास दिल्लीको लोक कल्याण मार्गमा छ। यो आवास १२ एकडमा फैलिएको छ।
Shares
प्रतिक्रिया