ad ad

कारोबार


स्मार्ट क्यूआर र नेपाल पे क्यूआर अन्तरआबद्ध, संयुक्त सेवा सुचारु

स्मार्ट क्यूआर र नेपाल पे क्यूआर अन्तरआबद्ध, संयुक्त सेवा सुचारु

नेपालखबर
असार २५, २०८० सोमबार १७:३, काठमाडौँ

नेपाल पे क्यूआर र स्मार्ट क्यूआरले नेटवर्क स्तरमा अन्तरआबद्ध भई सेवा सुरु गरेका छन्।

आइतबार आयोजित औपचारिक कार्यक्रममा विभिन्न बैंक तथा वालेटका प्रतिनिधिहरुले स्मार्ट क्यूआर र नेपाल पे क्यूआर दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन्।

सो कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान लगाएत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिहरुको उपस्थिति थियो।

क्यूआर भुक्तानीलाई थप प्रवर्द्धन गर्न नेटवर्क स्तरको अन्तरआबद्धता सहित सञ्चालनका लागि सहकार्य भएसँगै नेपाल पे क्यूआर मार्फत आबद्द भएका विभिन्न मोबाइल बैकिङ, वालेट र कनेक्ट आईपीएसका प्रयोगकर्ताहरूले स्मार्ट क्यूआर नेटवर्कमा आबद्द सम्पूर्ण दुई लाख ५० हजार भन्दा बढी  मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन्। यसैगरी, स्मार्ट क्यूआर नेटवर्कको मोबाइल बैंकिङ र वालेटहरूले नेपाल पे क्यूआर नेटवर्कमा आबद्द तीन लाख ५० हजार भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने छन्।

ग्राहक तथा व्यवसायी दुवैलाई नेटवर्क पहिचानमा समय नखर्ची सिधै भुक्तानी गर्न र लिन मिल्ने यो सुविधाले नेपालको डिजिटल भुक्तानी तथा अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास लिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .