ad ad

कारोबार


ब्याजदर बढाउने र घटाउने विषयमा मिलेमतो देखियो : अर्थमन्त्री महत

ब्याजदर बढाउने र घटाउने विषयमा मिलेमतो देखियो : अर्थमन्त्री महत

फाइल तस्बिर


नेपालखबर
असार २६, २०८० मंगलबार १६:४९, काठमाडौँ

अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदर बढाउने र घटाउने विषयमा मिलेमतो देखिएको बताएका छन्।

नेपालको बित्तीय सस्था कर्मचारी संघले आयोजना गरेको नेपालको वित्तिय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

बैक संचालक नै ब्यवसायी हुदा कर्जा उत्पादनमा जान नसकेको उनले बताए। 

‘बैंकहरूले पनि परियोजना अनुसार कर्जा दिन सकेका छैनन्,’ उनले भने, ‘बैंकहरू घर जग्गा धितो राखेर ऋण दिन थाले। घर जग्गा धितो दिएर दिने कर्जा बैंकहरूले मूल्यांकनभन्दा बढी नै दिए।’ 

पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएकाले मौद्रिक नीति अलि लचिलो आउने संकेत गरे। 

‘अर्थतन्त्रमा सुधार देखिएकाले मौद्रिक नीति खुकुलो हुने देखिएको छ’, उनले भने, ‘अहिले बैकहरुमा रहेको तरलता थप चलाउने गरि मौद्रिक नीति आउँछ।’

उनले बजेट ल्याउनका लागि मात्र नभएर कार्यन्वयन गर्नका लागि ल्याएका बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .