ad ad

कारोबार


लम्पी स्किन रोग नियन्त्रणको माग गर्दै पशुकिसान धर्नामा, क्षतिपूर्ति दिन दबाब

लम्पी स्किन रोग नियन्त्रणको माग गर्दै पशुकिसान धर्नामा, क्षतिपूर्ति दिन दबाब

नेपालखबर
असार २७, २०८० बुधबार १४:४८, काठमाडौँ

सरकारसँग लम्पी स्किन रोगको महामारीमा क्षति भएका पशुचौपायहरुको उचित क्षतिपूर्तिसहितको ६ बुँदे माग राख्दै आएका पीडित किसानहरुले धर्ना समेत दिन थालेका छन्।

बुधबार ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभाग परिसरमा पुगेर उनीहरुले आफूहरुको माग सम्बोधन गर्न दबाबस्वरुप एक घण्टा धर्ना दिएका हुन्।

यो रोग तत्काल नियन्त्रण गर्न र पीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्न आफूहरुले सरकारलाई बाध्य बनाउने गरी आन्दोलनको कार्यक्रम सुरु गर्नु परेको अखिल नेपाल किसान महासंघकी उपमहासचिव सरिता भुसालले बताइन्। उनले पशुपालक किसानहरुले लिएको कर्जा पनि सरकारले मिनाहा गर्नुपर्ने बताइन्।

उनले भनिन्, ‘तुरुन्त यो रोगको नियन्त्रण गर्नुपर्यो। र, पशुपालक किसानहरुलाई राहत दिनु पर्यो। विस्थापित हुन लागेका किसानहरुलाई पुनस्र्थापना गर्नुपर्यो। जुन कर्जा लिएर गरिराख्नु भएको छ। उहाँहरुलाई कर्जा मिनाहा गर्नुपर्यो। पर्याप्त मात्रामा भ्याक्सिनको व्यवस्था गर्नुपर्यो। र, प्राविधिक चाहिँ किसानका घरघरमा पुग्नुपर्यो। पशु व्यवसाय गरिरहेका किसानलाई सुलभ कर्जाको व्यवस्था सरकारले उपलक्ध गराउनु पर्छ भन्ने लगायत मागहरु राखेर हामी आन्दोलनमा उत्रिरहेका छौं।’

पीडित किसानहरुले आफूहरुका लागि पशु बीमाको भुक्तानी गर्न पनि सरकारले ढिलाई गर्न नहुने बताएका छन्। लम्पी स्किन महामारीका कारण विस्थापित किसानहरुको पुनर्स्थापना र उनीहरुका लागि बीमाको भुक्तानी गर्न पनि सरकारसँग माग गरिएको अखिल नेपाल किसान महासंघ, काठमाडौंका इन्चार्ज पुस्कर प्याकुरेलले बताए। उनले सो रोग नियन्त्रणका लागि पर्याप्त भ्याक्सिनको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गरए।

राष्ट्रिय किसान सञ्जालको नेतृत्वमा आह्वान गरिएको धर्नामा लम्पी स्किन रोगको महामारी नियन्त्रण गरी पीडित किसानलाई राहतको घोषणा गर, लम्पी स्किन रोगको महामारीबाट मरेका पशुहरुको वास्तविक लागत संकलन गरियोस्, पशुहरुमा लागेको लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि पर्याप्त भ्याक्सिनको व्यवस्था गरियोस्, महामारीबाट क्षति भएका पशुहरुको किसानलाई राहत र क्षतिपूर्ति दिईयोस्, लम्पी स्किन रोगको महामारीबाट मरेका पशुहरुको वास्तविक लागत संकलन गरियोस् भन्ने लेखिएको प्ले कार्डहरु पनि प्रर्दशन गरिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .