ad ad

कारोबार


४४.५ मेगावाटको सानी भेरी जलविद्युत आयोजनाको पीपीए सम्पन्न, २०८४ भित्रै उत्पादनको लक्ष्य

४४.५ मेगावाटको सानी भेरी जलविद्युत आयोजनाको पीपीए सम्पन्न, २०८४ भित्रै उत्पादनको लक्ष्य

नेपालखबर
असार २७, २०८० बुधबार १५:४७, काठमाडौँ

रुकुम पूर्वमा निर्माण हुने ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ।

आयोजनाको प्रवर्द्धक एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्ट प्राली र नेपाल विद्युत प्राधिकरणबीच बुधवार पीपीएमा हस्ताक्षर भएको हो। आयोजनाले उत्पादन गरेको विद्युत हिउँद याममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत प्राधिकरणले खरीद गर्ने गरी सम्झौता भएको छ।

आयोजनाका तर्फबाट एक्सपर्ट ग्रुपका अध्यक्ष जयराम अर्याल र विद्युत प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले सम्झौतामा हस्ताक्षर गरेका छन्। एक्सपर्ट ग्रुपमा अष्ट्रेलियामा बसेर शैक्षिक क्षेत्रमा काम गर्दै आएका व्यवसायीहरूको लगानी रहेको छ।

रुकुमपूर्वको पुठा उत्तरगंगा र सिस्ने गाउँपालिकामा निर्माण हुने आयोजना सानी भेरी खोलामा निर्माण हुनेछ। १४५ मिटर हेड रहेको आयोजनाको डिजाइन डिस्चार्ज ३६.८ घनमिटर÷प्रतिसेकेण्ड रहेको छ। आयोजनामा ४ हजार ३०० मिटर सुरुङमार्ग र ३१० मिटर पेनस्टक पाइप प्रयोग हुनेछ।

आयोजनाले आयोजनाको विद्युतगृहदेखि नेपाल विद्युत प्राधिकरणको बाफिकोट सबस्टेशनसम्म १३२ केभी क्षमताको २० किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्ने छ। त्यस्तै, १० किलोमिटर पहुँचमार्गको पनि स्तरोन्नती गर्नुपर्ने आयोजनाले जनाएको छ। आयोजना निर्माणको अनुमानित लागत ९ अर्ब रुपैयाँ रहेको छ।

यसै वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन सकेर निर्माणमा जाने तयारी रहेको एक्सपर्ट हाइड्रोका अध्यक्ष जयराम अर्यालले जानकारी दिए। आयोजनाको विद्युत उत्पादन गर्नुपर्ने मिति २०८४ पुसभित्र रहेको छ। आयोजनाबाट वार्षिक रुपमा २८३.३७ गिगावाट आवर विद्युत ऊर्जा उत्पादन हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .