नेपाल राष्ट्र बैंकले निजी क्षेत्रतर्फ जाने कर्जाको विस्तारको लक्ष्य ११.५ प्रतिशत तोकेको छ।
कर्जा प्रवाहको विस्तारले आयात र अनुत्पादक क्षेत्रमा लगानी बढाएको भनी आलोचना भएपछि केन्द्रीय बैंकले यसमा कडाइ गरेको हो। अघिल्लो आर्थिक वर्षमा निजी क्षेत्रतर्फ जाने कर्जाको विस्तार १२.६ प्रतिशत तोकेको थियो।
यो वर्ष मुद्रा आपूर्तिसँग सम्बन्धित विस्तृत मुद्रा प्रदायकको वृद्धिदरलाई पनि १२.६ प्रतिशतमा सीमित राखिएको छ।
54
Shares
प्रतिक्रिया