विदेश जानेले अब थप १ हजार डलर सटही सुविधा पाउने भएका छन्।
अहिलेसम्म १ हजार ५ सय डलर साट्न पाउने भएकोमा अब २ हजार ५ सय सटही सुविधाको व्यवस्था गरिएको हो।
नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै भनेको छ, ‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधावापत् विद्यमान व्यवस्थालाई परिमार्जन गरी अमेरिकी डलर २५०० सम्म उपलब्ध गराइने व्यवस्था गरिनेछ।’
हालसम्म एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था थियो।
45
Shares
प्रतिक्रिया