ad ad

कारोबार


सुन प्रकरण : भन्सारका कर्मचारीको संलग्नता अध्ययन गर्न अझै समय थपिँदै

सुन प्रकरण : भन्सारका कर्मचारीको संलग्नता अध्ययन गर्न अझै समय थपिँदै

नेपालखबर
साउन १४, २०८० आइतबार २१:४८, काठमाडौँ

१ सय केजी सुनमा भन्सार विभागतर्फको प्रतिवेदन निर्माणको समय सकिए पनि अझै बुझाइएको छैन। भन्सार विभागकोे महानिर्देशकलाई बुझाउनुपर्ने प्रतिवेदन अझै समय लाग्ने भएको हो। 

भन्सारबाट सुन पास भएको विषयलाई पूर्ण रुपमा अध्ययन राजस्व अनुसन्धान विभागले गरिरहेपनि आन्तरिक छानबिन भन्सार विभागले पनि गर्दै आएको छ। 

हङकङबाट आएको सय किलो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीहरूको ठूलो समूह संलग्न रहेको बताएपनि त्यसको आधिकारिकता खोज्न अध्ययन भइरहेको हो।

अध्ययनको मस्यौदा तयार भएपनि त्यसको त्यसको गहिराईमा जान भन्दै म्याद थपिएको छ। 

तस्करीको सय किलो सुन पास गराउने काममा भन्सारका चार सिफ्टमा काम गर्ने केही कर्मचारी प्रत्यक्ष संलग्न देखिएका भन्सार विभागले तयार गरेको आन्तरिक छानबिन प्रतिवेदन मस्यौदामा उल्लेख छ।

गत साउन ४ गते विभागले निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा गठन गरेको ६ सदस्यीय आन्तरिक छानबिन समितिले प्रतिवदेनको मस्यौदा तयार गरेको तर त्यसलाई पूर्णता दिन बाँकी रहेको विभागले जनाएको छ। 

सोमबार सम्मको लागि म्याद थप गरिएका थियो। 

तर सोमबारसम्म पनि प्रतिवेदन नआउने महानिर्देशक शोभाकान्त पौडेल बताउँछन्। 

उनी भन्छन्, ‘गहिराइमा पुगेर सत्यतथ्य प्रतिवेदनमा समावेश गराउने गरि अझै ४÷५ दिन समय थप्ने तयारी गरेको छौं।’

प्रतिवेदन आउँदा गहिराइमा नपुगेको भन्ने आरोप नआओस् भनेर म्याद भएको उनको भनाई छ। 
विभागको मुख्य अध्ययन सुन त्यसरी छुट्नुमा मानवीय कमजोरी जिम्मेवार हो कि प्राविधिक त्रुटि भनेर छुट्याउनमा केन्द्रित छ।

प्रतिवेदनको मस्यौदातले भने मानवीय त्रुटी नै देखाइसकको छ। प्रतिवेदनले एक्सरे मेसिनको गल्ती नभएको र सुन पास हुँदा कर्मचारीहरूको जाँच नै कमजोर भएको उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .