ad ad

कारोबार


कम लिने घोषणा गरे पनि वायुसेवा कम्पनीले यात्रुसँग लिए अधिकतम भाडा

कम लिने घोषणा गरे पनि वायुसेवा कम्पनीले यात्रुसँग लिए अधिकतम भाडा

नेपालखबर
असोज १५, २०८१ मंगलबार १४:३४, काठमाडौँ

वायुसेवा कम्पनीले अधिकतम सीमामा भाडा नलिने घोषणा गरे पनि काठमाडौंबाट बाहिर जाँदा बढी मूल्य राखेका छन्।

सडक यातायात अवरुद्ध भएसँगै वायुसेवा कम्पनीले अधिकतम भाडा लिएरै यात्रुलाई उडान गर्दै आएका हुन्। 

काठमाडौंबाट धनगढीको  बिहीबारसम्मको लागि उडानमा टिकट पाउनै मुस्किल छ। शुक्रबारको लागि उडान हुँदा १७ हजार रुपैयाँ टिकट मूल्य छ। शुक्रबारअघि नयाँ उडान थप नगर्दासम्म टिकट नै छैन। 

त्यसैगरी काठमाडौंबाट विराटनगरको हवाइ भाडा ९ हजार ९०३ रुपैयाँ छ। त्यो पनि एक हप्तापछिको रहेको छ। बुद्ध एयरले अनलाइनमा टिकट उपलब्ध गराएको छ। 

काठमाडौंबाट भैरहवाको लागि शुक्रबार मात्रै उडान छ। शुक्रबारको लागि यति एयरलाइन्सको ८ हजार ५५५ रुपैयाँ भाडा छ।

काठमाडौंबाट पोखरा बिहीबारको लागि टिकट उपलब्ध छ। श्री एयरलाइन्स र बुद्ध एयरले पोखराका लागि ५ हजार ९०० रुपैयाँ भाडा तोकेका छन्। 

पृथ्वी राजमार्ग र पूर्वपश्चिम राजमार्ग मात्रै सुचारु हुँदा पनि यात्रुको हवाइ चाप घट्ने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .