ad ad

कारोबार


सीजी मोटर्सले ल्यायो नेटा भी र एक्समा दसैँ विशेष अफर

सीजी मोटर्सले ल्यायो नेटा भी र एक्समा दसैँ विशेष अफर

नेपालखबर
असोज १५, २०८१ मंगलबार १४:७, काठमाडौँ

सीजी मोटर्सले दसैँमा ग्राहकहरूलाई लक्षित गर्दै नेटा भी र नेटा एक्समा विशेष अफरहरू सार्वजनिक गरेको छ।

विद्युतीय गाडी किन्न चाहनेहरूका लागि यो अफर निकै फाइदाजनक हुनेछ। कम्पनीले धेरै आकर्षक छुट र फाइदाहरू ल्याएको जनाएको छ। 

अफरअनुसार नेटा भी किन्दा ग्राहकहरूले ५० हजार रुपैयाँसम्मको निश्चित नगद छुट पाउनेछन्।

साथै, आफ्नो पुरानो गाडी साटेर नयाँ नेटा भी किन्न चाहनेहरूका लागि थप ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनसको सुविधा पनि दिइएको छ। 

यसबाहेक नेटा भी खरिद गर्ने हरेक ग्राहकले जोडीको लागि बाली जाने निःशुल्क यात्रा पनि उपहारमा पाउनेछन्। 

यस अफरले गाडी खरिदको आनन्दलाई झनै रमाइलो बनाउनेछ। 

कम्पनीले नेटा एक्स  खरिद गर्दा १ लाखसम्मको नगद छुट पाउन सकिने जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .