ad ad

कारोबार


प्रधानमन्त्रीको निवासअगाडि निर्माण व्यवसायीले तेर्स्याए डोजर

प्रधानमन्त्रीको निवासअगाडि निर्माण व्यवसायीले तेर्स्याए डोजर

नेपालखबर
साउन १६, २०८० मंगलबार ११:५७, काठमाडौँ

निर्माण व्यवसायीहरुले डोजरसहितका निर्माण यन्त्रहरु तेर्स्याएर प्रधानमन्त्रीको सरकारी निवासअगाडि विरोध प्रदर्शन गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भेला भइ निर्माण व्यवसायीहरुले डोजर र अन्य निर्माण यन्त्र सडकमा राखेर विरोध प्रदर्शन गरेका हुन्।

विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने बताए।

नेपाल सरकारले बनाएका योजनाहरु ४ खर्बभन्दा बढी योजनाको सुनिश्चितता गरे पनि श्रोत नभएको योजनाहरुको म्याद थप गर्न लागेको बताए।

उनले सरकारले त्यस्ता योजनाको म्याद एक वर्ष थप गर्ने भने पनि भुक्तानीको व्यवस्थापन गर्न नसके त्यस्ता योजना खारेज गर्नुपर्ने बताए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण व्यवसायीहरुलाई काममा फर्काउन ठोस कार्ययोजना बनाइ माग सम्बोधन गर्नुपर्ने बताए। 

सम्झौता गरेका माग कार्यान्वयन नभएसम्म र सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप नभएसम्म आन्दोलन जारी रहने उनले चेतावनी दिए।

‘आज हाम्रो आन्दोलनको तेस्रो दिन प्रधानमन्त्रीज्युको निवासमा घेराउ गरेका छौँ। बिहान ९ बजेदेखि १० बजेसम्म घेराउ गरेका हौँ। निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक हामी निर्माण व्यवसायीहरुलाई चाँडै काममा फर्काउने वातावरण सरकारले गरोस् भनेर निषेधित क्षेत्रको मर्यादा राख्दै धर्ना गरेका हौँ’, उनले भने, ‘नेपाल सरकारले बनाएका योजना ४ खर्ब भन्दा बढी योजनाको सुनिश्चितता गरेको तर श्रोत नभएको त्यस्तो योजनाको लागि सरकारले एक वर्ष म्याद थप गर्दैछ, त्यसको भुक्तानीको व्यवस्थापन कसरी गर्छ? भुक्तानीको व्यवस्थापन गर्न नसके त्यस्ता योजना खारेज गर्नुपर्छ भनेर प्रमुख माग लिएर आएका छौँ।’

मूल्य समायोजन लगायतका ९ बुँदे माग लिएर आन्दोलन गरिरहेको उनले बताए। प्रधानमन्त्रीले ठोस कार्ययोजना बनाइ माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने उनको भनाइ थियो।

व्यवसायीहले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर,सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर,व्यवहारिक माइल स्टेन खारेज गर,गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिवद्धता, उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर, खरिद नियमावलीको नियम ६ लाई कडाइसाथ लागू गर लेखेका प्लेकार्ड प्रदर्शन गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .