ad ad

कारोबार


काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई विजय कुमार शाह परिवारको ४ करोड रुपैयाँ सहयोग

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई विजय कुमार शाह परिवारको ४ करोड रुपैयाँ सहयोग

नेपालखबर
असोज १५, २०८१ मंगलबार १२:५१, काठमाडौँ

विजय कुमार शाह परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसीएच) को बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पीएसआईसीयू र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माणका लागि ४ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। 

शाह परिवारका तर्फबाट गरिएको योगदानले नेपालमा बालस्वास्थ्य सेवामा उल्लेखनीय सुधार गर्ने अपेक्षा गरिएको छ। यसका माध्यमबाट विशेष स्याहारको आवश्यकता परेका बालबालिकाहरुको गम्भीर अवस्थाको शल्यक्रिया गर्न सकिनेछ। शाह परिवारको महत्वपूर्ण सहयोगको सम्मान गर्दै पीएसआईसीयू र डे केयर सर्जरी शाखाको तल्लालाई रुस्लान पीएसआईसीयू नामकरण गरिनेछ । 

गत भदौ १३ मा शाह परिवारले प्राथमिक चरणमा १ करोड रुपैयाँ केआइओसीएचलाई प्रदान गरिसकेको छ।

गैरनाफामूलक संस्था जेजीआई नेपाल फाउण्डेसन (जेजीआईएनएफ)ले यस सहयोग प्रक्रियाको समन्वय एवं सहजीकरण गरिरहेको छ। यद्यपि यो सहयोग शाह परिवारको निजी पुँजीबाट प्रदान गरिएको हो। 

कुल सहयोग प्रतिबद्धतामध्ये बाँकी ३ करोड रुपैयाँ निर्माण योजना सुरु भएपछि जेजीआई नेपाल फाउन्डेसनको समन्वय र सहजीकरणमा आर्थिक रुपमा प्रदान गरिनेछ। सबै सहयोग रकम विजय कुमार शाहको निजी सम्पत्तिबाट गरिएको हो।  

यस नयाँ पीएसआईसीयू र डे केयर सर्जरी शाखाद्वारा सेवाको खाँचोमा रहेका बालबालिकालाई विशिष्ट सहयोग हुनेछ। स्वास्थ्य उपचारका निम्ति अन्य मुलुक धाउनुपर्ने बाध्यता समेत यसको निर्माणले कम हुन जानेछ। शाह परिवारको परोपकारी सहयोगका कारण नेपालको बालस्वास्थ्य सेवाको उल्लेखनीय सुधार हासिल हुनेछ विश्वास लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .