आज (मंगलबार) सेयर बजार २८.५९ अंकले घटेको छ। बजार २८.५९ अंकले घटेर २०७७.५८ बिन्दुमा अडिएको हो।
नेप्से परिसूचक घटे पनि कारोबार भने बढेको छ। बजारमा १ अर्ब ९२ करोडको कारोबार भएको छ।
अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ८२ करोडको कारोबार भएको छ।
आज म्युचल फण्डबाहेकका सबै सूचकहरुमा गिरावट आएको छ। निर्जीवन बीमा कम्पनीको उपसमूह सबैभन्दा धेरै २.४७ प्रतिशतले घटेको छ।
आज कारोबारमा आएका कम्पनीमध्येबाट १७ वटाको सेयरमूल्य बढेको छ भने १९६ कम्पनीको घटेको छ। त्यसैगरी ३ कम्पनीको सेयरमूल्य भने स्थिर नै देखिएको छ।
आज सुपर मादी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ४.६० प्रतिशतले बढेको छ।
त्यसैगरी आज किसान लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.५४ प्रतिशतले घटेको छ।
आज अपर तामाकोशी हाइड्रोपावरको ८ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ।
9
Shares
प्रतिक्रिया