ad ad

कारोबार


महिन्द्रा स्कर्पियो-एन : साहसिक यात्राका लागि उत्कृष्ट ‘इन्जिनियरिङ’

महिन्द्रा स्कर्पियो-एन : साहसिक यात्राका लागि उत्कृष्ट ‘इन्जिनियरिङ’

महिन्द्राको स्कर्पियो-एन। तस्बिर : नेपालखबर


नेपालखबर
साउन १६, २०८० मंगलबार १८:३७, काठमाडौँ

कर्णालीका अप्ठेरा सडक हुन् वा सहरका चिल्ला सबैतिर महिन्द्रा स्कर्पियो चल्दै आएको छ। मनाङ, मुस्ताङमा पर्यटक बोक्ने र सहरमा सरकारी कर्मचारीको बाहकसमेत हो स्कर्पियो।

नेपालीले लामो समयदेखि गाउँ र सहरमा देख्दै आएको स्कर्पियो अब नयाँ डिजाइन र उच्च क्षमतामा भित्रिएको छ। महिन्द्रा स्कर्पियो एन साहासिक यात्राका लागि डिजाइन गरिएको छ। 

स्कर्पियो–एन नेपालमा महिन्द्राको एसयूभी लाइनअपमा पछिल्लो थप सवारी–साधन हो। 

प्रतिष्ठित ‘ट्विन पिक्स’ लोगोको रुपमा ब्रान्डिङ गरिएको छ। स्कर्पियो एन अफ–रोड क्षमताको लागि प्रसिद्ध छ। 

महिन्द्राले नेपालमा डर्ट ट्रयाकमा चलाएर स्कर्पियोको क्षमता देखाइसकेको छ।

डर्ट ट्रयाकमा चलाउने सबैले ‘डाइभिङ’ नयाँ अनुभव व्यक्त गरे। ‘फुल एसयुभी’ खोजी गर्नेका लागि उपयुक्त रहेको छ। २.२ लिटरको डिजेल इन्जिनमा रहेको यो गाडीले १२८.६ किलोवाट पावरसँगै ४०० एनएम टर्क जेनेरेट गर्छ। 

महिन्द्राले आफ्नो नयाँ प्रस्तुति नयाँ स्कर्पियो–एन नेपालमा सार्वजनिक गरेको छ। भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियापछि स्कर्पियो–एन नेपालमा प्रवेश गरेको हो। महिन्द्राले ३० वर्षदेखि नेपालमा बलियो उपस्थिति जनाएको छ। 

यो ६ स्पिड अटोमेटिक र म्यानुअल दुवै ट्रान्समिसनमा उपलब्ध छ। डाइमन्ड कट आर १८ अलवे ह्वीलमा रहेको छ। 

स्कर्पियोलाई हिलोदेखि बालुवा, गार्भेल वा अफरोड जहाँ पनि कुदाउन मिल्ने ‘इन्जिनियरिङ’ गरिएको छ। फोर वाई फोर ड्राइभमा उपलब्ध छ। 

अल–न्यू स्कर्पियो–एनले विद्यमान उत्पादन मोडलहरुको क्रमभंगताका साथ कार्यसम्पादन प्रदर्शन, क्षमता, प्रविधि, परिस्कार, सवारी र ह्यान्डलिङ, एनभीएच, इन्टेरियर र उपस्थितिका लागि नयाँ बेन्चमार्क सेट गर्ने विश्वास छ। 

स्कर्पियो ४ वटा भेरियन्टमा नेपालमा प्रवेश गरेको छ। नयाँ स्कर्पियो–एन लाई आकर्षक मूल्य  ८१ लाख ५० हजारबाट लन्च गरिएको छ। 
स्कर्पियो एन डिजेल जेटफोर फोरह्वील म्यानुअल ड्राइभको मूल्य ९० लाख रुपैयाँ रहेको छ। 

स्कर्पियो एन डिजेल जेट ८ फोरह्वील ड्राइभको १ करोड १४ लाख र फोरह्विल ड्राइभको अटोमेटिकको १ करोड २४ लाख रुपैयाँ तोकिएको छ। 

महिन्द्राले नयाँ स्कर्पियो–एन सार्वजनिक गरेसँगै काठमाडौं, इटहरी र धनगढीमा आफ्नो एसयुभी नेटवर्क विस्तार गरिसकेको छ।

कम्पनीले महिन्द्रा एन आनन्ददायक स्वामित्व अनुभव सिर्जना गर्नु तथा प्रामाणिक, कठिन तर परिष्कृत एसयूभीहरूको साथ एसयूभी बजारलाई पुनः परिभाषित गर्न सक्षम हुने दाबी गरेको छ।      

स्कर्पियो एनमा ६ एयर ब्याग, इलेक्ट्रिोनिक स्टाब्लिटी कन्ट्रोलले उच्च गतिमा कुदिरहेका बेला ब्रेक लगाउँदा गाडी चिप्लिने समस्या हुँदैन। गाडीमा एबीएस र ईबीडीसहित ४ वटै डिसब्रेक रहेको छ। 

पूर्ण नयाँ स्कर्पियो–एनले अटोमोटिभ उद्योगमा सफलतासँगै सवारी प्रेमीहरूलाई आकर्षित भएका छन्। भारतमा स्कर्पियो–एनले ३० मिनेटभन्दा कम समयमा १ लाख बुकिङ गरेका थिए। 

७ सिटे स्कर्पियो ६ वटा कलरमा उपलब्ध छ। लेदर ¥याम ड्यासबोर्ड रहेको छ। गाडीको डाइमेन्सन  ४६ सय ६२ एमएम लम्बाई, १९ सय १७ एमएम चौडाई र १८ सय ५७ एमएम उचाई रहेको छ। ह्वीलबेस २७ सय ५० एमएम छ। 

‘स्कर्पियो–एन साहसिक कार्यको लागि ईन्जिनियरिङ गरिएको छ। संसारका सबैभन्दा चुनौतीपूर्ण भूभागमा परीक्षण गरिएको छ,’ अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने्, ‘नेपालमा एसयुभी उत्पादनको दायरा विस्तार गर्नुका साथै ट्विन पिक्स नेटवर्क विस्तारमा पनि ध्यान दिइएको छ। यसको उद्देश्य नेपालका एसयूभी खरिदकर्तालाई बेजोड ग्राहक अनुभव प्रदान गर्नु हो।’

नयाँ स्कर्पियो–एनमा आकर्षक ३ वर्ष÷एक लाख किलोमिटरको वारेन्टी योजना रहेको छ। स्कर्पियो एन टु ह्वील ड्राइभमा पनि उपलब्ध छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .