ad ad

कारोबार


पूर्वाधारविज्ञसँग मन्त्री ज्वालाको छलफल : सुरुङमार्गसहितका सडक बनाउन सुझाव

पूर्वाधारविज्ञसँग मन्त्री ज्वालाको छलफल : सुरुङमार्गसहितका सडक बनाउन सुझाव

नेपालखबर
साउन २४, २०८० बुधबार १२:३७, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग विषयगत छलफल सुरु गरेका छन्। 

अहिले सञ्चालनमा रहेका सडकको सुरक्षा र नयाँ सडकका विषयमा छलफल केन्द्रित भएको हो। 

नेपालमा विगत र वर्तमानका सडक अवस्था, जियोग्राफी र भविष्यमा कस्ता सडकमा बनाउँदा लाइफटाइम सडकको सुरक्षा हुनसक्छ भन्ने विषयमा छलफल सुरु गरिएको छ।

छलफलमा मन्त्री ज्वालाले भौगलिक विकताले सडक निर्माण र सडक सुरक्षाले थपेका चुनौतीलाई कसरी हल गर्ने भन्ने विषयमा विज्ञ टोलीसँग राय सल्लाह  मागेका छन्। 

‘सडक गाउँबस्तीमा पुर्‍याउने हो, तर हाम्रा धेरै गाउँबस्तीहरु चुरे र महाभारत शृखंलामा छन्, जहाँ सडक विस्तार गर्न र विस्तार गरिएका सडकको सुरक्षा गर्न निकै चुनौती छन्,’ मन्त्री ज्यावाले भने। 

पूर्वाधारविज्ञ सुरेशराज आचार्य, विज्ञ मेघराज घिताल,  प्रो. डा तारानीधि भट्टराई, बीबी देउजालगायतसगँ छलफल सुरु भएको छ। 

विज्ञ टोलीले दृश्यसहितको प्रस्तुति गरेका छन्। धेरै खर्चिलो भए पनि नेपालको भूगोलअनुसार सुरुङ मार्गमा जान टोलीले सुझाव दिएको छ। 

जति राम्रो सडक बनाए पनि बाढी पहिरोले आयु एकदमै छोटो हुने गरेको छ। त्यो समस्या हल गर्न सुरुङ मार्गमा जान र सञ्चालनमा रहेका सडकहरुको तत्काल अध्ययन थाल्न विज्ञ टोलीले सुझाव दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .